जेसिज सप्ताहको छैटौ दिन तिलोत्तमा १ मा मनोपरामर्श
तिलोत्तमा । साउन ३१ गते । जेसिआई तिलोत्तमाले जेसिज सप्ताहको छैटौ दिन तिलोत्तमा १ शिवचोकमा मनोपरामर्श सम्बन्धि एकदिने कार्यक्रम सम्पन्न गरेको छ । मिलिजुली क्लव शंकरनगरको सहकार्य रहेको कार्यक्रममा मनोरोग विशेषज्ञ डा असिम रेग्मीले उपस्थित स्थानीयलाई मनोरोग भनेको के हो ? त्यसका लक्षण र समस्या समाधानका उपाएहरुका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
जेसिआई तिलोत्तमाका अध्यक्ष जेसिआई सिनेटर प्रकाश न्यौपानेको अध्यक्षता एवँ बनबाटिका शंकरनगरका अध्यक्ष खिमलाल पाण्डेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथि तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष जेसीआई सिनेटर विनोद ढकाल, मिलिजुलि क्लवका अध्यक्ष इश्वर पाण्डे, जेसिजका पुर्व अध्यक्षहरु लोक प्रसाद भण्डारी, प्रकाश गौतम, बासुदेव शर्मा, जीवन गौतम, मुख्य संयोजक दीपक घिमिरे लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक सन्तोष ढकालले जानकारी दिए ।
कार्यक्रमको सन्चालन जेसिआई तिलोत्तमाका महासचिव रामु रोकाले गरेका थिए । जेसिआई तिलोत्तमाले साताब्यापी कार्यक्रमको अन्तिम दिन आज शनिबार फुटशल लगायतका कार्यकमको आयोजना गरेको छ ।
तपाईको प्रतिक्रिया