00:00:00
स्थानिय

लिटिल प्याराडाइजका विद्यार्थीद्वारा मानव सेवा आश्रममा भोजनदान

शुक्रबार श्रावण ३१, २०८२/ Friday 08-15-25

तिलोत्तमा । साउन ३० गते । मानविय सेवामा सर्मपित रहौ भन्ने सन्देश सहित तिलोत्तमा ७ भलवारीमा रहेको लिटिल प्याराडाइज भलवारीका विद्यार्थीहरुले मानव सेवा आश्रममा भोजनदान गरेका छन ।

सो विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको पहलमा मानवसेवा आश्रम मै पुगेर त्यहाँ आश्रित वृद्धवद्धा, अनाथ, बालबालिका, असहाय तथा अपाङ्गता भएकाहरुलाई भोजन दान गरिएको विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले जानकारी दिए ।

सो अवसरमा विद्यार्थीहरुले मानव सेवा आश्रममा आश्रितहरुसँग आफ्ना अनुभव साटासाट समेत गरेका थिए । भोजनदान कार्यक्रममा सह–प्राचार्य मोहन थारु, एकाउन्टेन्ट शुष्मा हमाल, शैक्षिक संयोजक सम्झना खरेल, शिक्षक बिष्णु पाण्डेय र कक्षा १० का सम्पूर्ण विद्यार्थी लगायतको सअभागिता रहेको थियो । 

तपाईको प्रतिक्रिया