00:00:00
स्थानिय

गीर्वाण माविमा आत्मरक्षा तालिम

लायन्स क्लव अफ तिलोत्तमा स्टारद्वारा आयोजित तालिममा ६० जना छात्रा सहभागी
बुधबार श्रावण २९, २०८२/ Wednesday 08-13-25

तिलोत्तमा । साउन २८ गते । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको गीर्वाण माविमा अध्ययनरत छात्राहरुका लागी १ दिने आत्मरक्षा तालिमको आयोजना गरिएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर लायन्स क्लव अफ तिलोत्तमा स्टारले कक्षा ९ र १० मा अध्ययनरत करीव ६० जना विद्यार्थीहरुलाई आत्मरक्षा तालिमको आयोजना गरेको विद्यालयका प्राचार्य केदारचन्द्र पराजुलीले जानकारी दिनुभयो ।

रमेशकुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले छात्राहरुलाई मानसिक र शारीरिक रुपमा समेत सबल र बलियो बनाउने उद्धेश्यले आयोजित कार्यक्रम फलदायी रहेको बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पास्ट डिष्ट्रिक गर्भनर पिएमजेएफ लायन नवराज न्यौपानेले समाजसेवालाई मुख्य ध्येय बनाएर तिलोत्तमा स्टारले आयोजना गरेको कार्यक्रम महत्वपुर्ण रहेको बताए । सचिव पिताम्बर खनालको सन्चालन रहेको कार्यक्रममा विशिष्ट आतिथि एलसीआईएफ कोअर्डिनेटर पिएमजेएफ लायन अर्चित क्षेष्ठ, डिष्ट्रिक ३२५ का विभिन्न पदाधिकारीहरु, संयोजक लायन रामप्रसाद पौडेल, विद्यालयका शिक्षक कर्मचारी लगायतको सहभागिता रहेको थियो । 

तपाईको प्रतिक्रिया