जेसिआई तिलोत्तमाद्धारा विश्वशान्तिमा निःशुल्क दन्त शिविर
तिलोत्तमा । साउन २७ गते । जेसिआई तिलोत्तमाले जेसिज सप्ताह अन्र्तगत मंगलबार १ दिने निशुल्क दन्त शिविरको सम्पन्न गरेको छ । तिलोत्तमा ९ मा रहेको विश्वशान्ति सामुदायिक आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएको बर्ष २०२५ का अध्यक्ष जेसिआई सिनेटर प्रकाश न्यौपानेले जानकारी दिए । बालबालिकाहरुमा देखा पर्ने दाँत, मुख र गिजाप्रति सचेतना जगाई जागरुक बनाउने उद्धेश्य सहित हेल्दि स्माईल डेन्टल केयर मणिग्रामको प्राविधिक सहयोगमा विश्वशान्ति स्कुलको सभाहलमा दन्त शिविरको आयोजना गरिएको हो ।
शिविरको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रीय उपाध्यक्ष जेसि धनराज कँडेलले समुदायमा रहेर सामाजिक कर्म गर्दै तिलोत्तमा जेसिजले असल कर्म गरेको भन्दै धन्यबाद दिए । उनले तिलोत्तमा जेसीजको “समाजसेवा, स्वास्थ्य सचेतना र नेतृत्व विकास” को मिशनलाई यस्ता कार्यले थप मजबुद पार्ने बताए ।
शिविरमा हेल्दि स्माईल डेन्टल केयरको तर्फबाट आएका दन्त चिकित्सक सहितको प्राविधिक टोलीले दाँत, मुख र गिजाको चेकजाँच गर्दै सही ढंगले नियमित सरसफाई गरे दाँत सम्बन्धि गंभीर खाले स्वास्थ्य समस्याबाट बच्न सकिने बताएका छन् । साथै चिकित्सकहरुले दाँत, मुख र गिजामा गंभीर समस्या भए तत्काल चिकित्सककोमा जान समेत विद्यार्थीहरुलाई सुझाव दिए । जेसिआई तिलोत्तमाका अध्यक्ष सिनेटर प्रकाश न्यौपानेको अध्यक्षता रहेको स्वास्थ्य शिविरमा २५० बढी विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच गरिएको छ ।
कार्यक्रममा तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष जेसीआई सिनेटर विनोद ढकाल, विद्यालयका अध्यक्ष हरिप्रसाद पाण्डे, प्राचार्य डोलराज पाण्डे, तिलोत्तमा जेसिजका महासचिव जेसि रामबहादुर रोका, जेसि प्रकाश न्यौपाने, हेल्दि स्माईल डेन्टल केयरका सन्चालक रामकृष्ण पौडेल, चिकित्सक सिमरन कुवर, जेसिजका सम्पूर्ण कार्यसमिति सदस्यहरू, सक्रिय साधारण सदस्यहरू, विद्यालयका शिक्षक, कर्मचारी एव विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया