अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको गुडलक एजुकेसन एण्ड माइग्रेसनको शाखा बुटवलमा
तिलोत्तमा । साउन २१ गते ।
अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको गुडलक एजुकेसन एण्ड माइग्रेसनको बुटवल शाखा कार्यालयको बुधबार एक समारोहका बीच समुदघाटन गरिएको छ ।
अस्ट्रेलिया, क्यानाडा, युके र दुवईमा उच्च शिक्षा लिन जान चाहने विद्यार्थीलाई लक्षित गर्दै सल्लाह, सुझाव, कलेज भर्ना लगायत आएल्स र पिटीका कक्षा लिन चाहने विद्यार्थीलाई सेवा दिने उद्देश्यसहित संस्थाको बुटवल शाखाको समुदघाटन गरिएको प्रबन्ध निर्देशक राजीव कुँवरले बताउनुभयो ।
नेपालबाट विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई गुणस्तरीय सेवा दिने उद्देश्य सहित स्थापित गुडलकको केन्द्रीय कार्यालय अस्ट्रेलिया र शाखा कार्यालय फिलिपिन्समा रहेकोमा आजबाट बुटवल कार्यालयबाट सेवा प्रारम्भ गरेको गुडलक एजुकेसन एण्ड माइग्रेसनका को–फाउण्डर बिमल गुरुङ्गले बताउनुभयो ।
समुदघाटन समारोहमा अस्टे्रलियाबाट आउनु भएका संस्थाका संस्थापक तथा निर्देशक बिमल गुरुङ, मार्केटिङ प्रमुख पूर्व राष्ट्रिय खेलाडी ्अनिल महर्जन लगायतले संस्थाको लक्ष्य र उद्देश्यका बारेमा प्रकाश पार्नु भएको गुडलक एजुकेसन एण्ड माइग्रेशनका कार्यकारी निर्देशक राजेन्द्र कुँवरले बताउनु भयो ।
तपाईको प्रतिक्रिया