00:00:00
स्थानिय

ईनरह्वील क्लव अफ तिलोत्तमाद्धारा मेहेन्दी कार्यक्रमबाट खुसी साटासाट

शुक्रबार श्रावण १७, २०८२/ Friday 08-01-25

तिलोत्तमा,१६ साउन
ईनरह्वील क्लव अफ तिलोत्तमाले मेहेन्दी कार्यक्रम गरी एक अर्कामा खुसी साटासाट गरेको छ । गएको १४ गते पद ग्रहण गरेसंगै श्रावण महिनामा मेहेन्दी लगाएर एकअर्कामा खुसी साटासाट गरेको हो । 

क्लवका नव अध्यक्ष रत्ना न्यौपाने रिजालले अवका हरेक सामाजिक कार्यका लागि सुभारम्भका रुपमा यो कार्यक्रमलाई लिएको बताउनुभएको छ । उहाँले समाजका हरेक सुखदुखमा एक भएर अगाडि बढ्नेमा जोड दिनुभयो । 

सिला पहारीले संयोजन गर्नुभएको कार्यक्रममा सन्जु चौधरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने सीता भट्टराईले सकार्यक्रमको सहजीकरण गर्नुभएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष सपना लम्साललको जन्मदिनको अवसरमा शुभकामना समेत प्रदान गरिएको थियो । 
 

तपाईको प्रतिक्रिया