पर्सहवास्थित विन्ध्यवासिनी धाममा आजबाट महायज्ञ शुरु हुदै
प्रकाश पाण्डे । साउन १२ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १६ पर्सहवास्थित विन्ध्यवासिनी धाममा आजबाट महायज्ञ हुने भएको छ । आज साउन १२ गते सोमबारदेखि आगामी साउन १९ गतेसम्म आयोजना हुने श्रीमद्भभागवत महापुराण तथा शिव रुद्राभिषेक विन्ध्यवासिनी महाआरतीको सम्पुर्ण तयारी पुरा भैसकेको धामका अध्यक्ष एवं यज्ञ सम्पादन समितिका संयोजक बालकृष्ण बश्यालले बताउनुभयो ।
महायज्ञमा दैनिक ग्रहशान्ति, लघुरुद्री, लक्ष्यवर्ती तथा भक्तजनहरुको इच्छा अनरुप सम्पूर्ण कर्मकाण्डिय कर्महरु गरिने छ । महायज्ञमा आज बिहान कलशयात्राको कार्यक्रम राखिएको छ भने दिउँसो १ बजे यज्ञ उद्घघाटनको समय तोकिएको छ । महायज्ञमा हरेक दिन बिहान ७ बजेबाट यज्ञमण्डप पुजा शुरु गरिने संयोजक बश्यालको भनाई छ ।
बिन्ध्यवासिनी धामको सर्वाङ्णि विकास तथा भौतिक निर्माण सहयोगार्थ आयोजित श्रीमद्भभागवत महापुराण तथा शिव रुद्राभिषेक विन्ध्यवासिनी महाआरती–२०८२ मा सु–प्रसिद्ध कथावाचक पं चन्द्रकान्त काफ्लेले संगीतमय श्रीमद्भभागवत कथा वाचन गर्ने कार्यक्रम तय भएको छ । महयज्ञमा हरेक दिन भजन किर्तन समेत हुनेछ साथै प्रत्येक दिन साझ ७ बजेदेखि ९,३० सम्म महाआरती लगायतका कार्यक्रम राखिएको बस्यालले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया