प्रकाश पाण्डे । साउन ९ गते । रुपन्देहीको तिलोत्तमा ८, दीपनगरमा रहेको जनभावना माविमा शुकवार अक्षयकोष स्थापना तथा छात्रबृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षता तथा तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले जनभावना माविमा भौतिक पुर्वाधारसँगै शैक्षिक उन्नययनका लागी वडाले सहयोग गर्ने बताउनुभयो । सो अवसरमा समाजसेवी तथा कार्यक्रमका विशिष्ट अतिथि छम बहादुर खत्री तथा वहाँका श्रीमति मायादेवी खत्रीले विद्यालयलाई १ लाख ५० हजारको चेक हस्तान्तरण गर्दै अक्षयकोष स्थापना गरेको घोषणा गर्नुभयो ।
प्राप्त रकमको ब्याजबाट वार्षिक रुपमा कक्षा ७ मा अध्ययन गर्ने उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वापत रकम प्रदान गरिने छ । विद्यालयका प्रधानाध्यापक शंम्भु प्रसाद पराजुलीले अक्षयकोष स्थापना गर्ने खत्री दम्पतिलाई धन्यवाद दिदै अक्षयकोष स्थापनाले जेहेन्दार विद्यार्थीहरुमा हौसला थप्ने काम गरेको बताउनुभयो ।
यसैगरि शुक्रबार नै कक्षा २ देखि ६ सम्म अध्ययनरत दलित तथा जेहेन्दार छात्राहरुलाई रु ४०० का दरले ५१ हजार बराबरको छात्रवृत्ति रकम प्रदान गरिएको छ । कार्यक्रममा वडा सदस्य कमल गौतम, विद्यालय व्यवस्थापन समिति सदस्य पर्मिला रोका विष्ट, महसुर आलम भाट, शिक्षक प्रतिनिधी लक्ष्मी गौतम, संगिता घिमिरे, विद्यालयका सह प्राचार्य, जीवन अर्याल, अभिभावक तथा विद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन शिक्षिका राधा कुवँरले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया