00:00:00
स्थानिय

मानव सेवा आश्रममा नेशनल लघुवित्त बित्तिय संस्थादारा फलफुल वितरण 

बुधबार असार १८, २०८२/ Wednesday 07-02-25

प्रकाश पाण्डे । असार १८ गते । नेशनल लघुवित्त बित्तिय संस्था लिमिटेड अनुगमन कार्यालय देवदह खैरेनीले मानवसेवा आक्षम बुटवलमा आश्रितहरुलाई फलफुल वितरण गरेको छ ।

संस्थाको १२ औँ साधारण सभाको अवसर पारी क्षेत्रिय प्रवन्धक तथा अनुगमन अधिकृत विष्णु पन्थिको संयोजकत्वमा आयोजित कार्यक्रममा आश्रममा आश्रित करित्र ५० जना महिला दिदीबहिनीहरुलाई फलफुल वितरण गरिएको हो । सो अवसरमा पन्थिले सामाजिक उत्तरदायित्व अन्तर्गत् आश्रममा सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । 

कार्यक्रममा नेशनल लघुवित्त बित्तिय संस्था लिमिटेड अन्र्तगत खेरेनी अनुगमन कार्यालयसँगै बेथरी शाखा, भलवारी शाखा, मोतिपुर शाखा तथा कलौनी लगायतका शाखा प्रमुख, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । बनेपाको काभ्रेपलान्चोकमा मुख्य कार्यालय राखेर देशब्यापी कारोबार गर्दै आएको संस्थामा ढाई लाख बढी सदस्य रहेका छन् । 
 

तपाईको प्रतिक्रिया