00:00:00
खेलकुद

रुपन्देहीबाट ब्ल्याक बेल्ट परिक्षामा सामेल खेलाडीलाई सम्मान

सोमबार असार १६, २०८२/ Monday 06-30-25

तिलोत्तमा । असार १६ गते । नेपाल सितोरियो कराते संंघ रुपन्देहीले ब्ल्याक बेल्ट परिक्षामा सामेल भएका ७० जना कराते खेलाडीलाई बेल्ट तथा प्रमाणपत्र प्रदान गरेको छ । २०८१ सालमा लिइएको परिक्षामा रुपन्देहीबाट सहभागी भई उर्तीण भएका कराते खेलाडीलाई बेल्ट र प्रमाणपत्रले सम्मान गरिएको हो ।

बुटवलमा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिका खेलकुद विकास समिति संयोजक बोनिन पियाले कराते खेलको विकाश तथा संरक्षणका लागी बुटवल उपमहानगरपालिकाले सदैव सहयोग बताउनुभयो ।  

संघका अध्यक्ष नारायण बहादुर थापाले आर्थिक अभाव कै बिच पनि पछिल्लो समय काता र कुमुते दुवै विधालाई समेटेर प्रतियोगिता तथा तालिमहरु आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

सो अवसरमा पश्चिम नेपालमा सितोरियो करातेको बृद्धि विकाशमा टेवा पुर्याउनुभएका स्व कराते गुरु शिवचरण चौधरीको स्मृतिमा श्रद्धान्जली अर्पण गरिएको थियो । कार्यक्रममा कराते महासंघका सदस्य, प्रशिक्षक, खेलाडी अभिाभावक लगायतको सहभागिता रहेको थियो ।  
 

तपाईको प्रतिक्रिया