00:00:00
स्थानिय

प्याब्सन रुपन्देहीले बक्तृत्वकला एवं कविता प्रतियोगिता गर्ने

मंगलबार असार १०, २०८२/ Tuesday 06-24-25

तिलोत्तमा । असार १० गते । निजि तथा आवसिय विद्यालय अर्गनाइजेसन प्याब्सन रुपन्देहीको आयोजनामा बुधबार बक्तृत्वकला एवं कविता प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिता असार ११ गते बुधबार प्याब्सन रुपन्देहीको सभाहल तिलोत्तमा ९ शंकरपुरमा आयोजना गरिएको अध्यक्ष दीपक खनालले जानकारी दिए । 

विद्यार्थीहरुमा रहेको कला प्रस्फुटन गर्ने उदेश्यका साथ प्याब्सन रुपन्देहीको आयोजनामा कविता लेखन, वाचन तथा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको खनालको भनाई छ । उनले विद्यार्थीमाझ रचनात्मक क्षमता अभिवृद्धि र गुणात्मक शिक्षामा जोड दिदै सन्दर्भमा प्रतियोगिता फलदायी साबित हुने बताए ।

बिहान साढे १० बजेपछि शुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भैसकेको र बक्तृत्वकला प्रतियोगिताका लागी कक्षा ८ सम्मका विद्यार्थीले भाग लिन पाउने बताए । यसैगरि विद्यार्थीको साहित्य सिर्जनालाई प्रर्वद्धन गर्दै विद्यालयहरु बीच सुमधुर सम्बन्ध स्तापित गर्ने उद्धेश्य सहित आयोजित कविता प्रतियोगितातर्फ कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिन पाउनेछन ।

 दुवै विधाका लागी विषय र नियम समेत तोकिएको र तोकिएकै नियमानुसार प्रतियोगीहरुले आफ्नो कला प्रस्तुत गर्नुपर्ने कार्यक्रम सँयोजक मित्रहरि आचार्यले जानकारी दिए । 
 

तपाईको प्रतिक्रिया