लायन्स तिलोत्तमा स्टार्सद्वारा निर्मित यात्रु प्रतीक्षालयको उद्घाटन
तिलोत्तमा । जेठ १९ गते । तिलोत्तमा नगरपालिकाको सहकार्यमा लायन्स क्लब अफ तिलोत्तमा स्टार्सद्वारा निर्मित यात्रु प्रतिक्षालयको उद्घाटन गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोकको पश्चिमतर्फ निर्माण गरिएको यात्रु प्रतिक्षालयको उद्घाटन गरिएको हो । प्रतिक्षालयको एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभएको हो । नगरप्रमुख खाणले लायन्स क्लबले गर्ने कार्यहरु अरु क्लब र युवाहरुको लागि उदाहरणीय बनेको बताउनुभयो । नगरप्रमुख खाणले करको दर नभइ दायरा बढाउनुपर्नेमा जोड दिनुभयो ।
विशिष्ट अतिथि डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले प्रतिक्षालय बनाउनु उत्कृष्ट कार्य भएको बताउनुभयो । तिलोत्तमा–५ का वडाअध्यक्ष रमेश डुम्रेले नागरिकमैत्री प्रतिक्षालय निर्माण गरेकोमा क्लबलाई धन्यवाद दिदै वडा कार्यालय पनि क्लबसँग सहकार्य र समन्वयमा कार्यक्रम गर्न तयार रहेको बताउनुभयो ।कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष लक्ष्मी थापाले यात्रुहरुको आवश्यकतालाई पहिचान गरी बनाइएको प्रतिक्षालयमा पुगेपछि तिलोत्तमाका पर्यटकीय स्थलको बारेमा जानकारी, आपतकालिन फोन नम्बर, त्यहाँको तापक्रम लगायतका जानकारी लिन सकिने बताउनुभयो ।
अध्यक्ष बिना पौडेल क्षेत्रीले तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा प्रतिक्षालय निर्माण गर्न सफल भएको बताउँदै आगामी दिनमा पनि स्थानीय सरकारको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो। कार्यक्रम संयोजक रमेश पराजुलीले छोटो समयमा उत्कृष्ट प्रतिक्षालय निर्माण गर्न सफल भएको भन्दै उहाँँले क्लबको वार्षिक सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर प्रतिक्षालय निर्माण गरेको जानकारी दिनुभयो । करिब ३ लाख ५० हजारको लागतमा प्रतिक्षालय निर्माण भएको उहाँले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया