तिलोत्तमामा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय करांते प्रतियोगिता आयोजना हुदै
विभिन्न ५ मुलुकका खेलाडीको सहभागिता रहने
तिलोत्तमा । बैसाख २६ गते । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रथम लु्म्बिनी अन्तर्राष्ट्रिय करांते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो करांते डो तिलोत्तमा संघद्वारा आयोजना गरिने प्रतियोगिता आगामी जेठ ३ र ४ गते हुनेछ । अन्तर्राष्ट्रियस्तरको यो प्रतियोगितामा महिला तथा पुरुष दुवै टीम सहभागी हुने आयोजकले जनाएका छन । प्रतियोगितामा नेपाल सहित भारत ,भुटान ,श्रीलंका र बङ्गालादेश करीब साढे ३ सय खेलाडीले भाग लिदैछन ।
विभिन्न समुहमा विभाजन गरि खेलाइने प्रतियोगितामा ६ वर्षदेखि ७ वर्ष, ७ देखि ८ हुँदै सिनियर क्याटोगोरीमा १८ वर्षभन्दा माथि उमेरका खेलाडीहरू समेत सहभागी हुने गरि आयोजना गरिने खेल सँयोजक मधु पाण्डेले जानकारी दिनुभयो । बिहीबार बीग चेयर रिर्सोटमा आयोजित पत्रकार सम्मेलन मार्फत नेपाल सितोरियो करांते तिलोत्तमा डो सँघका अध्यक्ष सन्तु दँगोरिया थारुले खेलाडी उत्पादन, खेलप्रतिको सम्मान साथै कराते खेलको सम्मान र विकाश गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।
अध्यक्ष थारुले प्रथम अन्तर्राष्ट्रिय लुम्बिनी कप प्रतियोगिता आयोजना हुनु यस क्षेत्र कै लागी गौरवको विषय भएकाले सबैको साथ, सहयोग र सर्मथनले प्रतियोगिता सफल पारिने जनाए । पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष सन्तोष सिंह, खेलकुद पत्रकार मन्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, संघका केन्द्रीय सदस्य प्रेम राना, लुम्बिनी प्रदेशका रेफ्री संयोजक कृष्ण देवकोटा, नेपाल सितोरियो करांते डो रूपन्देही जिल्ला अध्यक्ष नारायण थापा, राष्ट्रिय रेफ्रीहरू संजय कुमार चौधरी, दिलु राना, बिष्णु श्रेष्ठ पासा लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया