00:00:00
खेलकुद

चापाकोट कप क्रिकेटको उपाधी तिलोत्तमा नगरपालिकालाई

आइतबार बैशाख २१, २०८२/ Sunday 05-04-25

प्रकाश पाण्डे । बैशाष २१ गते ।  स्याङ्घजामा सम्पन्न चापाकोट कप २०८२ को उपाधी तिलोत्तमा नगरपालिकाले जित्न सफल भएको छ । शनिबार आयोजक चापाकोट नगरपालिकालाई ४२ रनको अन्तरले हराउदै तिलोत्तमाले उपाधी सहित नगद रु ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हासिल गरेको छ । यस्तै उपविजेता मै सिमित भएको चापाकोटले नगद रु ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

फाइनल खेलमा पहिले ब्याटिङ्घ गरेको तिलोत्तमा नगरपालिकाले ५ विकेटको क्षतिमा निर्धारित १५ ओवरमा १४४ रन जोडेको थियोे । १४५ रनको लक्ष्यसहित मैदानमा उत्रिएको आयोजक चापाकोटले निर्धारित १५ ओवर पुरै खेलेर ९ विकेटको क्ष्तिमा मात्र १०२ रन बनाएपछि तिलोत्तमाले उपाधी माथी कब्जा गरेको टिम म्यानेजर सागर न्यौपानेले जानकारी दिए ।

फाइनल खेलमा ४९ रनको महत्वपुर्ण पारी खेल्दै १ विकेट हात पारेका अलराउण्डर विकल अधिकारी म्यान अफ दी म्याचको पुरस्कारबाट पुरस्कृत भए । यसैगरि प्रतियोगिता अवधीभर ११ विकेट लिएका तिलोत्रमाका बलर अनिश क्षेत्री बेष्ट बलर घोषित भए भने म्यानत अफ दी सिरिज तिलोत्तमा कै विकल अधिकारी घोषित भए । उनले प्रतियोगिता अवधीभर अलराउण्डर प्रद्र्धशन गर्दै ब्याटिङ्घतर्फ १२६ रन तथा बलिङ्घतर्फ २ विकेट हात पारेका थिए ।

यसअघि शनिबार नै सम्पन्न सेमीफाइनल खेलमा कालीगण्डकी गाउँपालिकालाई सेमीफाइनलमा रोमान्चक २ विकेटले हराउदै तिलोत्तमाले फाइनल यात्रा तय गरेको थियो । निर्धारित १५ ओवरको खेलमा कालीगण्डकीले प्रस्तुत गरेको १३३ रनको लक्ष्य तिलोत्तमाले १४ दशमलव २ ओवर खेलेर ८ विकेटको क्षतिमा १३४ रन बनाएर पुरा गरेको थियो ।

तिलोत्तमाको जीतमा विप्रशन केसीले महत्वपुर्ण ४२ रन प्रहार गरेका थिए भने ब्याटिङ्घतर्फ २८ रन बनाएर ३ विकेट लिएका अनिश क्षेत्री म्यान अफ दी मयाच भए । लुम्बिनी प्रदेशका ८ तथा गण्डकी प्रदेशका १२ गरि कुल २० टोलीको सहभागिता रहेको प्रतियोगिताको समापन कार्यक्रममा आयोजकको तर्फबाट चापाकोट नगरपालिकाका प्रमुख देव बहादुर खाँड तथा तिलोत्तमा टिम म्यानेजर सागर न्यौपानेले मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया