तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०२५ हुने
नेपाल भारत र भुटानका करिव २५० खेलाडी सहभागी हुने
प्रकाश पाण्डे । चैत्र २९ गते ।
रुपन्देहीको तिलोत्तमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०२५ हुने भएको छ । तिलोत्तमा नगरपालिकाको सहयोग र जापान गोजु रियो कराते डो मिसन संघ, नेपालको आयोजनामा वैशाख ५ र ६ गते दुई दिनसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार पत्रकार सम्मेलन गरि संघका संस्थापक अध्यक्ष केबी राना (काजी)ले बताए ।
प्रतियोगितामा यु–९ ब्याइज तथा गल्र्स (कुमुते र काता) समुहमा २०, २५ र २९ केजी तौल, यु–१४ तर्फ ब्याइज तथा गल्र्स (कुमुते र काता) ३०, ३५, ४०, ४५, ५० केजी तौल, यु–(१५–१७) उमेर समुहमा ब्याइज तथा गल्र्स (कुमुते र काता) ४०, ४५, ५०, ५५, ६० केजी गरि पाच तौल समूह, सिनियर १८ वर्षमाथि ब्याइजमा (कुमुते र काता) ५०, ५५, ६०, ६७, ७५, ८४ केजी तौल तथा गल्र्समा ४५, ५०, ५५, ६१, ६८, ६८ प्लस तौल समुहमा खेल हुने उनले बताए ।
प्रतियोगिताको विजेताहरुलाई ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । २०० पदकका लागि प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगितामा नेपाल सहित भारत, भुटानका करिब २५० जना खेलाडीहरु प्रतिस्पर्धा गर्ने उनले बताए । कार्यक्रममा जापान गोजु रियो कराते डो मिसन संघ, नेपालका सल्लाहकार भरत बहादुर केसीले दक्षिण एशियाको ध्यान नै प्रतियोगिताका कारण लुम्बिनीको चर्चा चलिरहेको बताए ।
२२ वटा करातेहरुमध्ये जापान गोजु रियो कराते अन्तराष्ट्रिय मंचमा चिनिएको विधा भएको उनले दाबी गरे । यो कराते अब्बल, उत्कृष्ट ब्यवस्थापन रहेको उनले दाबी गरे । खेलाडिहरुलाई स्वागत र ब्यवस्थापनमा आफू लागिरहेको उनले बताए । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी पत्रकार शेरबहादुर केसी, संघका जिल्ला सदस्य रामु बस्नेतले लगायतले मन्तव्य राख्नुभएको थियो ।
तपाईको प्रतिक्रिया