00:00:00
राष्ट्रिय

तिलोत्तमाका विभिन्न चोक चौराहामा एमालेको जागरण सभा 

सोमबार चैत १०, २०८१/ Monday 03-24-25

प्रकाश पाण्डे । चैत्र ११ गते ।

नेकपा एमालेले सोमबार तिलोत्तमाको शिवपुर चोकमा जागरण सभा सम्पन्न गरेको छ । तिलोत्तमाका वडा न ८, १०, ११ र १२ का सँगठित सदस्य तथा शुभेच्छुकहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा बोल्दै पार्टीका रुपन्देही अध्यक्ष यज्ञ गैह्रेले मुलुकमा मौलाउदै गएको अस्थीरता, चलखेल र अराजकताका विरुद्ध तिलोत्तमाका विभिन्न चोक चौराहा साथै देशैभरि एकसाथ जागरण सभाको आयोजना गरिएको बताउनुभयो । वहाँले आम रुपमा जनतालाई जागृत गराउदै पुर्नउत्थानबादीहरु, प्रतिक्रियाबादीहरु र मुलुकलाई तहसनहस बनाउन षढयन्त्रको जालो बुनिरहेकाहरु विरुद्ध नेकपा एमालेले देशैभरि जागरण सभा गर्नुपरेको बताउनुभयो ।

अध्यक्ष गैह्रेले निरंकुशता लादने मनसायले मृतप्राय भएका प्रेतहरु जगाउने र सल्लबलाउने कार्य भैरहेको भन्दै त्यस्ता उदण्डहिनताका विरुद्ध चैत्र २९ गतेसम्म चरणबद्ध रुपमा देर्शभरि जागरण सभा गरिएको बताउनुभयोे । वहाँले जनताले ल्याएको गणतन्त्रका विरुद्ध यदि कसैले धावा बोल्न खोज्छ भने त्यसका विरुद्ध नेकपा एमालेले जस्तोसुकै आन्दोलन गर्न पनि पछि नहट्ने बताउनुभयो ।

वडा न ११ का अध्यक्ष भेषराज सापकोटाको अध्यक्षता रहेको सभामा प्रमुख अतिथि पार्टी केन्दिैय निर्वाचन आयोग सदस्य डा हरि प्रसाद अधिकारी, अतिथिहरु पार्टी केन्द्रिय सल्लाहकार परिषद सदस्य बुद्धिसागर भट्टराई, पार्टी केन्द्रिय सल्लाहकार परिषद सदस्य डा मुरारी पराजुली, प्रदेश कमिटी सदस्य कविराम अर्याल, जिल्ला सचिवालय सदस्य तथा क्षेत्र न १ का ईन्चार्ज बेद गिरि, जिल्ला सचिवालय सदस्य तथा वडा न ८ ईन्चार्ज कृष्ण प्रसाद पौडेल, जिल्ला सदस्य दुर्गा आचार्य, वलीराम माली सँगै प्रदेश जिल्ला तथा क्षेत्रिय र नगर एवँ वडाका प्रतिनिधि तथा सदस्यहरुको सहभागिता रहेको थियो् ।

सभामा वडा न १२ का शाखा अध्यक्ष हरि प्रसाद गौतमले स्वागत तथा वडा न ८ का अध्यक्ष कृष्ण खनालले सन्चालन गर्नुभएको थियो । पार्टी केन्द्रिय सल्लाहकार परिषद सदस्य डा मुरारी पराजुलीले मृतप्राय भएका प्रेतहरु जाग्ने कोशिशमा रहेको भन्ने सन्देश सहितको ब्यग्गात्मक कविता वाचन गर्नुभएको कार्यक्रममा सयौको सँख्यामा नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 
 

तपाईको प्रतिक्रिया