00:00:00
स्थानिय

मधवलिया खानेपानी तथा सरसफाई सँस्थाको साधारण सभा 

शनिबार चैत ८, २०८१/ Saturday 03-22-25

तिलोत्तमा । र्चैत्र ९ गते ।

मधवलिया खानेपानी तथा सरसफाई सँस्था मधवलिया रुपन्देहीको साधारण सभा तथा विश्व पानी दिवस कार्यक्रम एकसाथ सम्पन्न भएको छ । संस्थाको कार्यालय परिसरमा भएको साधारण सभाको उद्घाटन गर्दे खानेपानी तथा डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरीले खानेपानी सम्बन्धी विभिन्न नियम कानुन बनिसकेको अहिलेको अवस्थामा थप ब्यवस्थित ढँगबाट सन्चालन गर्ने गरि अगाडी बढिरहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चौधरीले जिल्ला तथा प्रदेशबाट समेत महिनैपिच्छे परिक्षण गरेर मात्रै गुणस्तरीय खानेपानी वितरण हुने गरेको बताउनुभयो । मधवलिया खानेपानी सँस्थाको ९० प्रतिशत भौतिक कार्य सम्पन्न भैसकेको र थप बाँकी कार्य सम्पन्न गरि आगामी बषभित्रै उपभोक्ताहरुलाई हस्तान्तरण गर्नेगरि काम भैरहेको समेत जानकारी दिनुभयो । 
वहाँले गुणस्तरीय पानी वितरणका लागी प्रेसर फिल्टर अर्थात सुरक्षित प्रशोधन प्रणाली जडान गर्ने लगायतका कामहरु पनि निरन्तर भैरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथिद्धय जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य ऋषिराम बस्याल तथा तिलोत्तमा वडा न १६ का अध्यक्ष झबिलाल भुषालले सहमति, सहकार्य तथा एकताको माध्यामबाट अघि बढे मधवलिया खानेपानी सँस्थाले थप उन्नति र प्रगति गर्ने बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा वडा न १५ र १६ का जनप्रतिनिधीहरु, करहिया खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाका अध्यक्ष हेमराज पौडेल, गँगोलिया खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाका अध्यक्ष विनोद न्यौपाने, इन्जिनियर बिधान अर्याल, विभिन्न टोल विकाश सस्थाका प्रतिनिधि विभिन्न आमा समुह र क्लवका प्रतिनिधी, उद्योगी ब्यवसायी, पाइपलाइन विस्तार समितिका सँयोजक, आम उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।

तिलोत्तमा वडा न १५ का सचिव मानबहादुर खाती, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका पुर्व कर्मचारी तथा प्राविधिक बिनोद पोख्रेल लगायतलाई सम्मान गरिएको कार्यक्रममा सँस्थाका अध्यक्ष लेखनाथ पाण्डेले अध्यक्षको प्रतिवेदन, सस्थाका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले स्वागत मन्तब्य र सचिव मुक्ति बस्यालले कार्यक्रमको सन्चालन गर्नुभएको थियो । 
 

तपाईको प्रतिक्रिया