स्थानिय
रुपन्देहीमा एक जनाको हत्या,गोली हानी हत्या गरेको आशंका
शनिबार फाल्गुण १७, २०८१/ Saturday 03-01-25
फागुन १७,
तिलोत्तमा – रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।
मायादेवी गाउँपालिका वडा नम्बर २ दँचहवाका २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवम् डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।
पारिवारिक विवादका कारण घट्ना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा संलग्न व्याक्तिलाई पक्राउ गर्ने प्रयास भइरहेको डीएसपी कार्कीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया