ज्ञानगँगा बाल महोत्सव २०८१ सम्पन्न
सोमबार जिल्लास्तरीय रनिङ्गशिल्ड ब्याडमिन्टन प्रतियोगिता हुदै
प्रकाश पाण्डे । फागुन ४ गते । रुपन्देहीको तिलोत्तमा ४ मा रहेको ज्ञानगँगा पाठशाला शितलकुन्जको आयोजनामा आइतबार ज्ञानगँगा बाल महोत्सव २०८१ सम्पन्न भएको छ ।
बालबालिकामा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराई अतिरिक्त क्रियाकलाप मार्फत ब्यक्तित्व विकाश गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
बाल महोत्सवमा कक्षा पिजिदेखि २ सम्मका शतप्रतिशत विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका प्राचार्य चन्द्र अधिकारीले जानकारी दिनुभयो । विद्यार्थीहरुले र्शक्षिक, साँस्कृतिक, धार्मिक, पेशागत तथा मनोरन्जनात्मक प्रस्तुति मार्फत आफुमा रहेको कला निखार्ने प्रयास गरेका थिए ।
विद्यार्थीहरुले राष्ट्र र राष्ट्रियताप्रति ओतप्रोत गीतसँगीतमा समेत आफनो प्रतिभा प्रस्तुत गरेका कार्यक्रममा आइतबार नै अभिभावक तथा विद्यार्थी सहितको सँयुक्त नृत्य लगायत दर्जनौँ विधामा प्रस्तुति दिएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षता एवँ तिलोत्तमा वडा न ४का अध्यक्ष हरि बहादुर क्षेत्रीको प्रमुख आतिथ्य रहेको बाल महोत्सवमा प्राचार्य चन्द्र अधिकारीले स्वागत मन्तब्य तथा शिक्षक कुलचन्द्र पुरीले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।
यसैबीच ज्ञानगँगा पाठशालाको आयोजनामा फागुन ५ गते सोमबार जिल्लास्तरीय रनिङ्गशिल्ड ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको र २० भन्दा बढी टीमको सहभागिता रहने विद्यालय परिवारले जनाएको छ । ज्ञानगँगाले यही फागुन ७ गते प्रजातन्त्र दिवसका दिन १३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसको समेत आयोजना गरेको छ ।
तपाईको प्रतिक्रिया