00:00:00
स्थानिय

शान्ति विद्यालय आल्मुनाई एशोशिएसनको बैठक

फागुन २ र ३ गते विशेष कार्यक्रम गर्ने 
मंगलबार माघ २९, २०८१/ Tuesday 02-11-25

प्रकाश पाण्डे । माघ २९ गते ।

रुपन्देहीको शान्ति नमुना माविमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको सँगठन “शान्ति विद्यालय आल्मुनाई एशोशियसन” को विशेष भेला हुने भएको छ । शान्ति नमुना माविमा सोमबार बसेको बैठकले यही फागुन २ र ३ गते विशेष भेला आयोजना गर्ने निर्णय गरेको हो । एशोशिएसनका अध्यक्ष होमनाथ अर्यालका अनुसार फागुन २ गते शँकरनगरस्थित बनबाटिकामा बनभोज तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको छ भने फागुन ३ गते सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।

विसँ २०४१ सालदेखि २०४९ सम्म विद्यालयमा अध्यापन गरेका गुरुहरु तथा शान्ति नमुना मै पढेर राष्ट्रका लागी योगदान गरेका पुर्व विद्यार्थीहरुलाई फागुन ३ गतेका दिन विद्यालय प्रागँण मै सम्मान गरिने अर्यालले जानकारी दिनुभयो । “शान्ति विद्यालय आल्मुनाई एशोशियसन” को आयोजनामा प्रत्येक बर्ष पुर्व विद्यार्थी पुर्नमिलन कार्यक्रमको आयोजना हुदै आएको छ ।

विसँ २०६६ सालमा स्थापना भएको सँगठनले अक्षयकोषहरुको स्थापना लगायत विद्यालय सम्बन्धित विभिन्न कार्यहरु गर्दै आएको छ । आल्मुनाईले १४ लाख बराबरको “गुरु जगदिश प्रसाद उपाध्याय अल्मुनाई एशोशिएसन छात्रबृत्ति अक्षयकोष तथा १४ लाख रकम कै दृष्टिविहिन विद्यार्थीहरुका लागी आमाबाबा छात्रवृत्ति अक्षयकोष तथा ४ लाख बराबरको विशेष उपचार कोषको समेत स्थापना गरेको बैठकमा जानकारी गराइएको छ । “शान्ति विद्यालय आल्मुनाई एशोशियसन” मा २०२ जना आजिवन सदस्य आवद्ध छन । 

तपाईको प्रतिक्रिया