नवज्योति ईगंलिश बोर्डिंगको जिल्लास्तरीय भलिबल प्रतियोगिता
सोमबार ७ खेल सम्पन्न
प्रकाश पाण्डे । माघ २८ गते ।
रूपन्देहीको तिलोत्तमा ८ चार नम्बरमा अवस्थित नवज्योति ईगंलिश बोर्डिंग स्कूलले रजत महोत्सवका अवसरमा आयोजना गरेको जिल्लास्तरीय पुरुष छात्र भलिबलमा सोमबार ७ खेल सम्पन्न भए ।
तिलोत्तमा खेलकुद विकाश समिति सँयोजक लोक पुनको प्रमुख आतिथ्यमा विद्यालय प्रागँणमा आयोजना गरिएको प्रतियोगिताको पहिलो खेलमा जनभावना माविलाई २—० को सेटमा हराउदै आयोजक नवज्योति स्कुल दोस्रो चरणमा प्रवेश गरेको छ भने दोस्रो खेलमा इन्भाइरनमन्टलाई २—० कै सेटमा हराएर सेन्ट जोसेफले दोस्रो चरणको यात्रा तय गरेका छ ।
यसैगरि सोमबार नै सेमराबजार माविलाई हराउदै राममणि क्याम्पस, न्यु लाईटलाई हराउदै न्यु होराइजन मावि, शँकरनगर दुर्गादत्त मावि अनुपस्थित भएपछि वाक ओवरका आधारमा शान्ति नमुना मावि दोस्रो चरणमा प्रवेश गरेका छन ।
यसैगरि गीर्वाण माविलाई २—० सेटमा हराउदै नवीन औद्योगिक तथा शिवपुर माविलाई २—० कै सेटमा हराएर जनज्योति मावि दोस्रो चरणमा प्रवेश गरेका छन । मँगलबार छात्र भलिबलका बाँकी तथा फाइनल खेल सम्पन्न गरिने आयोजक नवज्योति ईगंलिश बोर्डिंग स्कूलले जनाएको छ ।
संघीय साँसद छबिलाल विश्वकर्माले आइतबार उद्घघाटन गरेको रजत महोत्सव मुल समारोहको यही फागुन ३ गते विशेष कार्यक्रमका बिच मुल समारोह समापन गर्ने गरि विभिन्न तयारी गरिएको छ ।
तपाईको प्रतिक्रिया