लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्थाको २६ औं स्थापना दिवस
अर्जुनराज उपाध्यायको नेतृत्वमा कार्यसमिति चयन
तिलोत्तमा । माघ २७ गते ।
रेडियो लुम्बिनी तथा तिलोत्तमा टिभी सञ्चालन गरेको संस्था लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले आइतबार २६ औं स्थापना दिवस साधारण सभा तथा निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री एवँ एमाले पोलिटब्युरो सदस्य लिला गिरीले रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनले सन्चारको क्षेत्रमा दिएको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले अहिलेको आर्थिक मन्दीका बीच रेडियो र टिभीलाई जोगाइराख्न सम्पुर्ण शेयर सदस्यको पहलकदमी आवश्यक पर्ने भन्दै त्यसका लागी आपसी सम्बन्ध, सहयोग र सहकार्यलाई मजबुद बनाउनु आजको मुल आवश्यकता रहेको बताउनुभयो ।
गिरीले आम्दानी बढाउने र खर्च घटाउने रणनिति अवलम्बन गरे रेडियो टिभी सन्चालनमा देखिएको आर्थिंक ब्यवधान केही हदसम्म हटेर जाने बताउनुभयो । वहाँले त्यसका लागी आफनो तर्फबाट गर्नुपर्ने सहयोग निरन्तर जारी रहने पनि बताउनुभयो । कार्यक्र्रममा लुम्बिनी प्रदेशका सभासद एवम् पूर्वमन्त्री तुल्सि चौधरी, पुर्व सभासद दधिराम न्यौपाने, शेयर सदस्यहरुको तर्फबाट बेलप्रसाद शर्मा, पुर्व अध्यक्ष तथा हालका सल्लाहकार दुजेन्द्र बस्नेत, डीआर घिमिरे, कुष्णप्रसाद नेपाललगायतले बोल्दै सँस्थालाई बलियो बनाइराख्न नयाँ, नौला र सही योजन चयन आवश्यक पर्ने बताएका छन ।
कार्यक्रमकै अपसरमा सँस्थाका पुर्व अध्यक्ष दुजेन्द्र बस्नेत, पुर्व कार्यकारी निर्देशक मिनाक्षी न्यौपाने तथा उत्कृष्ट कर्मचारीको रुपमा मिना पाण्डेलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । आइतबार सम्पन्न निर्वाचनबाट अर्जुनराज उपाध्यायको अध्यक्षतामा १५ सदस्सिय सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । समितिको उपाध्यक्षमा विष्णुप्रसाद पाण्डे, कोषध्यक्ष देवी वाग्लेलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा माया घिमिरे, टिकाराम भण्डारी,लोकराज चापागाइँ, मधुकला कुँवर,तामनाथ पाण्डे,लेखनाथ पाण्डेय,विष्णुप्रसाद भण्डारी,राम बहादुर बस्नेत, श्याम बस्याल,अरुणा राना, तुल्सीराम कडेल, मीनाक्षी सर्वसम्मत चयन भएको सल्लाहकार एवम् निर्वाचन समितिका संयोजक लक्ष्मण ज्ञवालीले घोषणा गनुृभयो ।
त्यसैगरी लेखा संयोजकमा रामप्रसाद ढकाल, रोशन कडेल र राधा घिमिरे चयन हुनुभएको उहाँले बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अर्जुनराज उपाध्यायले संस्थाको उन्नतिका निम्ति क्रियाशील रहिरहने प्रतिवद्धता व्यक्त गर्दै सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । यसअगि संस्थाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्ममा साभारण सभाले अध्यक्ष पाण्डेद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन,लेखा समितिका संयोजक केशव गौतमद्वारा प्रस्तुत लेखा प्रतिवेदन पारित गरेको थियो । साधारण सभाको सञ्चालन स्टेशन प्रमुख विन्दु भट्टराइले गर्नुृभएको थियो ।
तपाईको प्रतिक्रिया