00:00:00
खेलकुद

गीर्वाण माविमा खेल महोत्सव सम्पन

प्रतिभावान विद्यार्थी खेलाडीको पहिचान गर्न महोत्सव फलदायी सावित
बिहीबार माघ २४, २०८१/ Thursday 02-06-25

प्रकाश पाण्डे । माघ २४ गते ।

रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित श्री गीर्वाण सरस्वती सँस्कृत तथा साधारण माध्यमिक बिद्यालयमा खेल महोत्सव सम्पन्न भएको छ ।  बिद्यालयको बार्षिक खेलकुद कार्यक्रम अन्र्तगत आयोजित खेल महोत्सवको तेस्रो दिन बिहिबार विभिन्न खेल कार्यक्रम सम्पन्न भए ।  

जसमा स्लो साइकल रेस, छात्र छात्रा गंगटे दौड, छात्र छात्रा हाइजम्प, छात्र छात्रा ट्रिपल जम्प, छात्राछात्रा तीन खुट्टे रेस, छात्र छात्रा ४×१०० रिले दौड, छात्रछात्रा १५०० मिटर दौड  तथा छात्रछात्रा भाला फ्याक्ने प्रतियोगिता सहितका विभिन्न बौद्धिक तथा रोमान्चक खेलहरु सम्पन्न भएको खेल सँयोजक दीपकजँग पौडेलले जानकारी दिए । 

विद्यालयका प्राचार्य केदारचन्द्र पराजुलीले विद्यार्थी भित्रको अतिरिक्त क्रियाकलाप सम्बन्धि क्षमता आँकलन गर्न एवँ खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्न सप्ताहब्यापी खेल कार्यक्रम फलदायी सावित भएको जानकारी दिए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप सँयोजक दीपकजँग पौडेलले यसपटकको सप्ताहब्यापी प्रतियोगिताबाट थुप्रै प्रतिभावान एवँ नयाँ नयाँ विद्यार्थी खेलाडीहरुको प्रतिभा पहिचान गर्न पाइएको र यो विद्यालयका लागी मात्रै नभई सिगो तिलोत्तमा र राष्ट्र कै लागि गौरवको विषय भएको बताउनुभयो ।

विद्यालयका अध्यक्ष यमदत्त सुवेदी लगायतको उपस्थितिमा माघ २२ गतेबाट शुरु सप्ताहमा करीव ५० बढी इभेन्ट्मा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रतिस्प्रर्धा गरेका थए । खेल सप्ताहका विजयी सम्पुर्ण प्रतिभावान विद्यार्थी खेलाढीहरुलाई एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिने विद्यालय परिवारले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया