लर्ड बुद्ध ज्ञानज्योतिको खेल सप्ताह सम्पन्न
प्रतिभावान विद्यार्थी खेलाडीहरुलाई नयाँ प्लेटफर्म सावित
प्रकाश पाण्डे । माघ १९ गते ।
लर्ड बुद्ध ज्ञानज्योति इङ्गलिस बोर्डिगँ स्कुल तिनपा १४ टिकुलिगढद्धारा आयोजित खेल सप्ताह भब्य तथा सभ्य रुपमा सम्पन्न भएको छ । माघ १३ गते आइतबारबाट सम्पुर्ण युवा क्लवको खेल मैदान सुपौली तथा विद्यालय कै हाताभित्र अतिरिक्त क्रियाकलाप अन्र्तगत खेलकुदका विभिन्न कार्यक्रम आयोजना गरिएका थिए ।
शुक्रबार विधागत तर्फका खेलहरु जस्तै फुटवलका छुट्टाछुट्टै स्पर्धा साथै एथलेटिक्सतर्फ हाइजम्प, लङजम्प, रस्सी तान्ने प्रतियोगिता लगायत विभिन्न रोमान्चक, ज्ञानबद्र्धक तथा बौद्धिक खेलहरुमा विद्यार्थीलाई प्रतिस्प्रर्धा गराइएको विद्यालयका प्राचार्य तुल बहादुर सरागँकोटी पवनले जानकारी दिनुभयो ।
वहाँले विद्यार्थी भित्रको अतिरिक्त क्रियाकलाप सम्बन्धि क्षमता आँकलन गर्न एवँ खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्न सप्ताहब्यापी खेल कार्यक्रम फलदायी सावित भएको जानकारी दिनुभयो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप सम्बन्धि शिक्षक तथा खेल सँयोजक रोशन शर्माले यसपटकको सप्ताहब्यापी प्रतियोगिताबाट थुप्रै प्रतिभावान एवँ नयाँ नयाँ विद्यार्थी खेलाडीहरुको प्रतिभा पहिचान गर्न पाइएको र यो विद्यालयका लागी मात्रै नभई सिगो तिलोत्तमा र राष्ट्र कै लागि गौरवको विषय भएको बताउनुभयो ।
विद्यालयका अध्यक्ष प्रमोद यादव तथा तिलोत्तमा नगरिपालिका वडा न १४ का अध्यक्ष आश्विन पौडेल लगायतले उद्धघाटन गर्नुभएको खेल सप्ताहमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले कुल ७०० मेडलका लागी ६० तहगत विधामा प्रतिस्प्रर्धा गरेका थिए ।
खेल सप्ताहका विजयी सम्पुर्ण प्रतिभावान विद्यार्थी खेलाढीहरुलाई आइतबार विद्यालय प्राँगणमा पुरस्कार वितरण गरिने विद्यालयका प्रबन्ध निर्देशक नारायण भण्डारीले जानकारी दिनुभयो ।
खेल सप्ताहको यो अवधिमा विद्यार्थीहरुले कराँते, भलिबल, फुटवल, रिले दौड, सटपट, हाइजम्प, लङजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड लगायत दर्जनौँ खेलहरुमा प्रतिस्प्रर्धा गरेको विद्यालयका प्रबन्ध निर्देशक नारायण भण्डारीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया