00:00:00
राष्ट्रिय

अंश र माना चामल नलिनेगरी एलिना चौहानले गरिन् सम्बन्ध बिच्छेदको मुद्दा दर्ता

शुक्रबार माघ १८, २०८१/ Friday 01-31-25

काठमाडौं २०८१ माघ १८

 गायिका एलिना चौहानले अंश र माना चामल नलिनेगरी पति बिष्णु सापकोटासँग सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्नुभएको छ ।

  काठमाडौं जिल्ला अदालतमा शुक्रवार दर्ता भएको फिरादमा पति सापकोटाले आफ्नो चरित्रमाथि शंका गरेको र पति पत्नीको रुपमा सम्बन्ध सुमधुर हुन नसकेको जिकिर गर्नुभएको छ ।

लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएको चर्चा पनि छ। झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाख ५ गते मात्र विवाह गरेका थिए।

विष्णु अस्ट्रेलिया बस्छन्। विवाहपछि एलिना पनि अस्ट्रेलिया गएकी थिईन। तर छोटो बसाइ पछि नै एलिना दसैंअघि नेपाल फर्किइन्। त्यसयता चौहान नेपालमै बस्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया