प्रकाश पाण्डे । माघ १७ गते ।
लर्ड बुद्ध ज्ञानज्योति इङ्गलिस बोर्डिगँ स्कुल तिनपा १४ टिकुलिगढले आयोजना गरेको सप्ताहब्यापी खेल कार्यक्रम बिहिबार पनि जारी रह्यो । सप्ताहब्यापी खेलकुदमा बिहिबार विद्यार्थीहरुले १००, २००, ४०० र ८०० मिटर दौड, ज्यावलिङ थ्रो, ३ खुट्टे दौड, बोरा दौड लगायतका विभिन्न रोमान्चक , ज्ञानबद्र्धक तथा बौद्धिक खेलहरुमा आफनो खुबी पस्केका छन ।
खेल सँयोजक रोशन शर्माले जानाए अनुसार खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्ने उद्देश्यसहित लर्ड बुद्ध ज्ञानज्योतिले अन्तर सदनात्मक तथा कक्षागत रूपमा सप्ताहब्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । खेल सप्ताहमा शुक्रबार पनि विभिन्न विधामा खेलहरुको आयोजना गरिएको छ ।
प्रध्यानाध्यापक तुल बहादुर सरागँकोटी पवनले एक हप्तासम्म चल्ने प्रतियोगितामा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले कुल ७०० मेडलका लागी ६० तहगत विधामा प्रतिस्प्रर्धा गरिरहेका छन ।
सम्पुर्ण युवा क्लवको खेल मैदान सुपौली तथा विद्यालयको आफ्नै हाताभित्र आयोजित खेल सप्ताहमा विद्यार्थीहरुले कराँते, भलिबल, फुटवल, रिले दौड, सटपट, हाइजम्प, लङजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड लगायत विभिन्न खेलहरुमा प्रतिस्प्रर्धा गरिरहेको विद्यालयका प्रबन्ध निर्देशक नारायण भण्डारीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया