न्यु इन्भाइरोनमेन्ट इङ्गलिस सेकेण्डरी स्कुलको खेल सप्ताह जारी
प्रकाश पाण्डे । माघ १६ गते । न्यु इन्भाइरोनमेन्ट इङ्गलिस सेकेण्डरी स्कुल तिलोत्तमा ५ मणिग्रामद्धारा आयोजित बार्षिक खेल सप्ताह जारी छ । यसक्षेत्र मै अग्रणी शैक्षिक सँस्थाको रुपमा आफुलाई चिनाउदै आएको न्यु इन्भाइरोनमेन्टले माघ १३ गतेबाट शुरु गरेको साताब्यापी खेलकुदका विभिन्न विधाहरुमा विद्यार्थीहरुले प्रतिस्प्रर्धा गरिरहेको प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।
हामीले सधै नयाँ, नौलो र सकारात्मक शैक्षिक योजनाहरु बुन्ने गरेका छौँ, प्राचार्य ज्ञवालीले भन्नुभयो, विद्यार्थीहरुमा लुकेर रहेको प्रतिघा प्रस्फुटन गराउन तथा खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्ने उद्देश्यसहित खेल महोत्सवको आयोजना गरिएको हो । वहाँले अन्तरसदनात्मक वा अन्तरकक्षा भन्दा पनि एउटै उमेर समुह र एउटै कक्षाका विद्यार्थीहरु बीच प्रतिस्प्रर्धा गराउनुपर्छ भन्ने अभिप्रायले खेलकुद सन्चालन गरिएको बताउनुभयो ।
ज्ञवालीका अनुसार यो परिपाटी रुपन्देही जिल्लामै नौलो अभ्यासका रुपमा रहेको र सर्वप्रथम न्यु इन्भाइरोनमेन्ट इँग्लिश सेकेण्डरी स्कुलले यसको शुरुवात गरेको हो । चपरहट्टी, ज्योतिनगर खेल मैदान तथा विद्यालय हाताभित्र विद्यार्थीहरुले एथलेटिक्स लगायत फुटवल, रिले दौड, सटपट, हाइजम्प, लङजम्प, ट्रिपलजम्प स्पुनरेस, प्लेटरेस, म्याथम्याटिकल रेस, ज्यावलिङ थ्रो, कुर्चि दौड, म्युजिकल चेयर, लगायतका विभिन्न रमाइला तथा बौद्धिक खेलहरुमा प्रतिस्प्रर्धा गरिरहेको विद्यालयका अध्यक्ष नेत्रलाल बनले जानकारी दिनुभयो । खेल सप्ताह बिहिबार पनि जारी रहनेछ ।
तपाईको प्रतिक्रिया