बुटवल, २०८१ माघ १५
‘सफा सहर, हाम्रो रहर’ नारासहित बुटवलमा ट्रास रेस प्रतियोगिता हुने भएको छ । युवाहरुमा नगर सफाईको जागरणका लागि माघ १९ गते बृहत फोहोर उठाउने दौड प्रतियोगिता हुने भएको हो ।
बुटवल उपमहानगरपालिकाको सहयोग, ग्रास इन्टरनेशनलको प्रायोजनमा क्लोथ एण्ड फुड बैंक बुटवलले गर्ने प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरी आयोजक क्लोथ एण्ड फुड बैंक बुटवलका कमल जिसीले बताउनुभयो। मनोरञ्जनसंगै युवा जागरणलाई जोडेर नया अभियान बुटवलमा सुरुवात गरेको जिसीले बताउनुभयो। काठमाडौमा सरसफाई अभियान चलाउँदाको सिकाईबाट आफ्नै क्षेत्र बुटवलमा नयाँ थालनी गर्न लागेको जिसीको भनाई थियो।
यस क्षेत्रका सुरक्षा निकाय, कलेज, विद्यालय लगायतमा समन्वय गरिएको कार्यक्रममा ८५० जना दर्ता भैसकेको जिसीले भन्नुभयो। ‘करिब एक हजार जना सहभागी हुने अपेक्षा छ’– वहाँले भन्नुभयो। १६ वर्ष उमेर माथिको युवाहरु सहभागी हुन पाउने व्यवस्था रहेको र भविष्यमा बुटवलकै पर्वको रुपमा लैजाने गरी अघि बढाउने जिसीले बताउनुभयो।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार, द्वितीयले ३० हजार र तृतीयले नगद १५ हजार रुपियाँ र प्रमाणपत्रबाट पुरस्कृत गरिने एवम लाइम एण्ड लेमल र रिफ्रेस रेष्टुरेन्टबाट सुरु भएको रेस क्लब डेनेभोमा समापन हुनेछ । कालिका पथ, ट्राफिक चोक, भुड्की चोक, भाटभटेनी, राजमार्ग चौराहा हुँदै पुनः क्लब डेनेभोमा पुगेर समापन हुनेछ ।
कार्यक्रममा क्लोथ एण्ड फुड बैंक केन्द्रका सल्लाहकार राजिव गौतमले वातावरण जोगाउने महत्वपूर्ण अभियान भएको बताउनुभयो । बुटवलबाट नै सुरु भएको यो अभियान अहिले देशभर चलेको छ । सहभागीको लागि निःशुल्क फारमको ब्यवस्था रहेको वहाँले जानकारी दिनुभयो।
बुटवलको ६ किलोमिटर दूरीमा फोहोर उठाउन एक घण्टाको समयावधि तोकिएको कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठले बताउनुभयो। सहभागीहरुले सडकमा भेटिएका प्लास्टिकजन्य पदार्थ दुई जना समूहमा रहने छ । एकजना फोहोर उठाउने र अर्कोले ब्यागमा राख्ने छन ।
तपाईको प्रतिक्रिया