00:00:00
राष्ट्रिय

एमालेसँगको गठबन्धनलाई ८४ सम्मै लैजाने कांग्रेसको निचोड

आइतबार माघ १३, २०८१/ Sunday 01-26-25

काठमाडौं २०८१ माघ १३

  नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेकपा एमालेसँगको गठबन्धनलाई २०८४ सम्मै लैजाने निष्कर्ष निकालिएको छ ।

आजको दलको बैठकमा भएको छलफलबारे जानकारी दिँदै सांसद रामहरि खतिवडाले यो सरकार बनेपछि उत्साहजनक अवस्था सिर्जना भएको साथै अर्थतन्त्रमा सुधार आएको नेताहरूले ब्रिफिङ गरेको बताउनुभयो ।

‘अहिले ३/३ महिनामा विश्वासको मत लिने कुराको अन्त्य भएको छ । ८४ सम्म यही सरकार निरन्तर लैजाने कुरामा छलफल भएको छ’, खतिवडाले भन्नुभयो । विपक्षी दलले गरिरहेको अध्यादेशको विरोधका सम्बन्धमा खतिवडाले सरकारले आवश्यक र औचित्यको आधारमा अध्यादेश ल्याउने प्रष्टीकरण दिनुभयो।

आगामी सदनमा कांग्रेस एक भएर जनताको मुद्दा उठाउने खतिवडाले बताउनुभयो। दलको बैठक भोलि पनि बस्नेछ । सांसदहरूले बोलिसकेपछि मन्त्रीहरूले मन्त्रालयगत कामका ब्रिफिङ गर्ने छन् ।

 

तपाईको प्रतिक्रिया