00:00:00
खेलकुद

खेलकुदमा ब्याप्त बेथिति अन्त्य गर्ने राखेप उपाध्यक्ष आचार्यको प्रतिबद्धता

शनिबार माघ १२, २०८१/ Saturday 01-25-25

प्रकाश पाण्डे,
तिलोत्तमा २०८१ माघ १२

  राष्ट्रिय खेलकुद परिषदका नव नियुक्त उपाध्यक्ष ध्रुव आचार्यले राखेपमा भए गरेका विकृति र विसँगति विरुद्ध डटेर अघि बढ्ने प्रतिबद्धता गर्नुभएको छ । वहाँले परिषदभित्र रहेका बेथिति र विकृतिलाई शुन्य बनाई खेलकुदलाई राजनिति र सिण्डीकेट मुक्त बनाइने बनाइने बताउनुभयो ।

  पदभार ग्रहणपछि गृहजिल्ला रुपन्देहीमा नेपाल खेलकुद पत्रकार मंच रुपन्देही शाखाले शनिबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले समग्र खेल र खेलाडीहरुलाई महसुस हुनेगरि प्राप्त सही सुझावलाई मनन गर्दै अघि बढ्ने बताउनुभयो । कार्यकारी पदलाई दुरुपयोग गर्ने तथा आफु खुसी परिषद सन्चालनको अवधारणा तय गर्ने कोशिश भैरहेको भन्दै आचार्यले विरोधाभास कुराहरुमा कानुनी उपचार खोज्ने बताउनुभयो ।

 वहाँले राखेपलाई खेलाडी र खेलकुदको परिषद बनाउने गरि काम गर्ने धारणा ब्यक्त गर्नुभयो । एकअर्को प्रशंगमा दशौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई कानुन प्रक्रिया पुरा भएपछि मात्रै गर्ने तयारी आचार्यको छ । भौतिक संरचनाको विषयमा संघ, जिल्ला, स्थानिय सरकारको अधिकार क्षेत्रको विषयमा कार्यदल बनाएर टुगो लगाउन लागेको आचार्यले प्रष्टयाउनुभयो ।

 राखेपमा हाल १०७८ कर्मचारीको दरबन्दी रहेकोमा ७ सय जना कार्यरत रहेको भन्दै समयसापेक्ष कर्मचारी समायोजनको कामलाई तिब्रता दिन लागिएको उहाँले बताउनुभयो । ओलम्पिक कमिटिले अदालतको आदेश नमान्ने भन्ने कुरा गलत भएको आचार्यको तर्क थियो ।

    कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका निवर्तमान सदस्य सचिव तथा पौडी संघका वरिष्ठ उपाध्यक्ष जयप्रकाश भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव चन्द्र आचार्य, रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप खाड,रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, नगर खेलकुद विकास समिति तिलोत्तमाका संयोजक लोक पुन लगायतले मन्तब्य दिनुभएको थियो । कार्यक्रम नेपाल खेलकुद पत्रकार मंघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारीको अध्यक्षता एवँ सचिव स्वस्तिक श्रेष्ठको सन्चालनमा सम्पन्न भएको थियो ।  

 

 

तपाईको प्रतिक्रिया