स्थानिय
गुल्मीमा एक पुरुष मृत फेला, हत्या आशंकामा छोरा नियन्त्रणमा
मंगलबार माघ ८, २०८१/ Tuesday 01-21-25
गुल्मी २०८१ माघ ०८
मंगलबार बिहान गुल्मीको मरभुङ्ग गाउँमा एक जना पुरुष मृत अबस्थामा फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका ८ मरभुङ्ग निवासी ६० वर्षीय लालबहादुरर रोका मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेलले रोका मृत फेला परेको पुष्टि गर्दै घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान भईरहेको जनाएका छन।
मृतकलाई कसैले हत्या गरेको हो कि भन्ने आशंकामा अनुन्धान भईरहेको र सोधपुछका लागि मृतकका छोरा २८ वर्षीय डम्बर बहादुर रोकालाई नियन्त्रणमा लिईएको एसपी भुजेलले बताउनुभयो। घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया