स्थानिय
घाँस काटने क्रममा रुखबाट लडेर तिलोत्तमामा १ जनाको मृत्यु
बिहीबार माघ ३, २०८१/ Thursday 01-16-25
तिलोत्तमा २०८१ माघ ०३
तिलोत्तमा रुख लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा ११ चौकीडाँडा निवासी ५५ बर्षिय रन बहादुर आले रहेका छन । बिहिबार दिउँसो तिलोत्तमा ८ करहिया सामुदायिक बनक्षेत्र अन्र्तगत ज्योतिनगर हुदै दीपनगर जाने सडक छेउमा रहेको रुखमा घाँस काटन चढेका आले रुखको हाँगासँगै एक्कासी भुईँमा लड्न पुग्दा गँभीर घाइते भएका थिए ।
उपचारका लागी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजादै गर्दा आलेको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । आलेले काटदै गरेको रुखको हागाँ माथि हाइटेन्सन लाइन रहेकाले करेन्टको झटका लागेको पनि हुनसक्ने आशंका छ । आलेलाई तुरुन्तै अस्पताल लगिए पनि बाटो मै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।
तपाईको प्रतिक्रिया