काठमाण्डौ २०८१ माघ ०१
चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवनका एसपी गौतम मिश्रले जानकारी दिनुभयो।
मिश्रका अनुसार चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलबार दिउँसो भैंसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय माडीको टोली घट्नास्थलतर्फ गएको मिश्रले बताउनुभयो ।
तपाईको प्रतिक्रिया