00:00:00
राष्ट्रिय

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

सोमबार पौष २९, २०८१/ Monday 01-13-25

काठमाण्डौ २०८१ पौष २९  

चर्चित वाइल्डलाइफ फोटोग्राफर ६४ वर्षीय चुङ्बा शेर्पाको गए राती १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजो सम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत हुनुहुन्थ्यो। शेर्पाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गर्नुभयो।

शेर्पाको दुई छोरा र तीन छोरी रहेका छन। लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत हुनुहुन्थ्यो । पर्यटन व्यवसायमा आबद्ध शेर्पा चौँरीखर्कको पूर्व गाविस अध्यक्ष समेत हुनुहुन्थ्यो। केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया