00:00:00
स्वास्थ्य

नेपालबाट हङकङ उडेको क्याथेको विमानमा खाना खाएका ३६ यात्रु बिरामी

शनिबार पौष २७, २०८१/ Saturday 01-11-25

काठमाण्डौ २०८१ पौष २७

  हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानका यात्रु नेपाल उडानका क्रममा बिरामी भएपछि अनुसन्धान सुरू गरिएको छ । हङकङ स्थित स्वास्थ्य अधिकारीहरूले धेरैमा फुड पोइजनको समस्या देखिएपछि उक्त विमानमा उपल्बध गराइएको खानाको अनुसन्धान थालेका हुन् ।

सेन्टर फर हेल्थ प्रोटेक्सनले शुक्रबार काठमाडौंबाट हङकङ पुगेका ३६ जना यात्रुमा फुड पोइजनिङको समस्या देखिएको बताएको छ । त्यसको विष्तृत अनुसन्धान थालिएको स्वास्थ्य अधकारीहरुले जनाएका छन् ।

एयरलाइन्सले पनि शुक्रबार साँझ माफी माग्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ । विज्ञप्तिमा ‘यदि एयरलाइनको उडानको खानामा अखाद्य पदार्थ पत्ता लाग्यो भने हामी सत्य र पारदर्शी रूपमा रिपोर्ट गर्नेछौं र सबै आवश्यक सुधारात्मक कार्यहरू गर्नेछौं,’ भनिएको छ।

तपाईको प्रतिक्रिया