00:00:00
स्थानिय

दाङमा झण्डै २५ केजी चरेससहित तीन जना पक्राउ

बिहीबार पौष २५, २०८१/ Thursday 01-09-25

दाङ २०८१ पौष २५

     दाङको घोराहीबाट प्यूठानको स्वर्गद्धारी नगरपालिका – २ का ३९ वर्षीय निमबहादुर आले र नौंबहिनी गाउँपालिका – २ की २१ वर्षीया देउकली बुढा मगर र रोल्पाको त्रिवेणी गाउँपालिका – ७ का २९ वर्षीय प्रकाश घर्ती मगर २४ केजी सात सय ९० ग्राम चरेससहित पक्राउ परेका छन् ।
 
    रोल्पाकी एक महिलाको प्रतिबन्धित लागु औषध चरेसको अवैध ओसार पसार र बिक्रीमा लागेको आशङ्का गरिएकी खोजी भई रहेको छ ।

प्यूठानका निमबहादुर आले र देउकली बुढा मगर भाडामा बस्दै आएको घोराही उपमहागरपालिका –१३ सिर्जनशिल टोलका कुलबहादुर बस्नेतको घरको तल्लो तला खान तलासी गर्ने क्रममा ठूलो परिमाणमा चरेस बरामद भएको हो ।

उनीहरुले संयुक्त रुपमा प्रयोग गर्दै आएको भान्सा कोठाभित्र प्लास्टिकको ड्रममा विभिन्न पोकाहरु बनाइ राखेको अवस्थामा २४ किलो सात सय ९० ग्राम चरेस बरामद भएको थियो । रोल्पाका प्रकाश भने छुट्टै ठाउँमा कोठा भाडामा बस्दै आएको खुलेको छ । पक्राउ परेकाहरु बीच आपसी नातासम्बन्ध रहेको प्रहरीले जानकारी दिएको छ ।

दाङका प्रहरी प्रवक्ता डीएसपी इश्वर थापाले हिजो राति उनीहरुको कोठा खानतलासी गर्दा प्रतिबन्धित चरेस बरामद गरेको बताउनुभयो।

तपाईको प्रतिक्रिया