राष्ट्रिय
पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन
बिहीबार पौष १८, २०८१/ Thursday 01-02-25
काठमाण्डाै -२०८१ पौष १८
नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको ९१ वर्षको उमेरमा बिहीवार बिहान निधन भएको छ। २ फागुन १९८९ मा जन्मेकी शाहको आफ्नै निवास कालीमाटी, काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
शाहले अमेरिकाको बर्नार्ड कलेज र कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको थियो ।
शाहले २०४५ सालमा भारतका लागि नेपाली राजदूतको जिम्मेवारी लिनुभएको थियो । त्यति बेलासम्म कुनै पनि नेपाली महिलाले राजदूतको जिम्मेवारी पाएका थिएनन् । उहाँका दुई जना छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया