रिसन तिलोत्तमाको २ दिने खेल महोत्सव सम्पन्न
कुवँरवर्ति प्रथम, ज्ञानगँगा द्धितिय तथा लिटिल प्याराडाइज तृतीय
प्रकाश पाण्डे । पौष १३ गते । रुपन्देही एकिकृत विद्यालय सँगठन नेपाल तिलोत्तमाद्धारा आयोजित २ दिने रिसन खेल महोत्सव सम्पन्न भएको छ । तिलोत्तमा ४ डिँगरनगरस्थित जनज्योति क्लवको खेल मैदानमा पौष ११ गते बिहिबारबाट प्रतियोगिता शुरु भएको थियो । खेल महोत्सवको दोस्रो दिन भलिबल छात्रतर्फ कुवँरवर्तिले प्रथम स्थान हासिल गर्यो भने ज्ञानगँगा द्वितीय र लितिल प्याराडाइज तृतीय भए । यसैगरि भलिबल छात्रातर्फ कुवँरवर्तिले प्रथम स्थान हासिल गर्दा ज्ञानगँगा द्वितीय र सेन्ट जोसेफले तृतीय स्थान हासिल गरेका छन ।
यसैगरि एथ्लेटिक्स छात्रतर्फ लिटिल प्याराडाइज प्रथम हुदाँ ज्ञानगँगा द्वितीय तथा सेन्ट जोसेफले तृतीय स्थान हासिल गरे । यसैगरि छात्र ब्याडमिन्टनमा ज्ञानगँगा पाठशाला प्रथम भयो भने लर्डबुद्ध ज्ञानज्योति द्वितीय तथा पामिर एकेडेमी र सेन्ट जोसेफले सँयुक्त रुपमा तृतीय स्थान प्राप्त गरे । यसरी समग्र रिसन खेल महोत्सवमा सबैभन्दा बढी अँक प्राप्त गरि कुवँरवर्ति बोर्डिगँ स्कुल प्रथम हुन सफल भएको छ ।
प्रतियोगितामा द्वितीय ज्ञानगँगा पाठशाला भएको छ । यसैगरि तिलोत्तमा ७ मा रहेको लिटिल प्याराडाईजले तृतीय स्थान हासिल गरेको छ । रिसनमा आवद्ध भएका तिलोत्तमा नगरभित्रका ८ वटा विद्यालयहरुको सहभागिता रहेको खेल महोत्सवका विजयी, उपविजयी तथा प्रथम, द्धितिय तथा तृतीय हुने विद्यालय तथा खेलाडीहरुलाई प्याब्सन केन्द्रिय सदस्य खेमेन्द्र रानाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरिएको छ ।
रिसन तिलोत्तमाका सचिव चन्द्र अधिकारीका अनुसार विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गरि सँस्थागत विद्यालयहरुका विच आपसी भाईचारा वृद्धि गर्ने उद्धेश्य सहित २ दिने रिसन खेल महोत्सवको आयोजना गरिएको हो । रिसनमा आवद्ध तिलोत्तमाका ८ वटा सँस्थागत विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले एथलेटिक्स, छात्र छात्रातर्फका भलिबल प्रतियोगिता, छात्र ब्याडमिन्टन एवँ अन्तर विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा प्रतिस्प्रर्धा गरेका थिए । खेल महोत्सवको बिहिबार तिलोत्तमाका मेयर रामकृष्ण खाँडले उद्धघाटन गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया