00:00:00
राष्ट्रिय

वायुसेवा निगमको लापरबाहीले आन्तरिक उडान पूर्ण रुपमा बन्द

मंगलबार पौष ९, २०८१/ Tuesday 12-24-24

 काठमाडौं - २०८१ पौष ०९

  नेपाल वायुसेवा निगमको अहिले आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्वीनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रुपमा ठप्प भएको छ।

दुईवटा ट्वीनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज पनि आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रुपमा बन्द हुन पुगेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभयो अर्को जहाज गत जेठदेखि नै ग्राउन्डेड थियो ।
 
इन्जिनको उडान आवर सकिन्छ भन्ने विषयमा पहिल्यै जानकारी भएर अर्डर गरे पनि नयाँ इन्जिन नआइपुगेको दाबी पौडेलले गर्नुभयो। ‘त्यसका लागि यसअघि नै टेन्डर आह्वान भएर ठेक्का पनि लागिसकेको छ । ठेक्का लागेको ४५ दिनभित्र डेलिभरी दिने भन्ने सम्झौता थियो । तर, त्यसको म्याद सकिए पनि डेलिभरी दिएको छैन,’ पौडेलले बताउनुभयो।

आफूसँग भएको इन्जिनबाट काम चलाउन सकिन्छ कि भनेर प्रयास गरे पनि त्यो सफल हुन नसकेको वहाँको भनाइ थियो । नेपाल एअरलायन्सले दुईवटा ट्वीनअटरबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडाउन गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया