00:00:00
खेलकुद

एनपीएलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

सोमबार पौष ८, २०८१/ Monday 12-23-24

काठमाण्डौ २०८१ पौष ०८

  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलपछि समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार पक्राउ पर्नेमा डोटीको सिलगढी नगरपालिका घर भई अहिले कीर्तिपुर बस्ने गणेश साउद र डोटीकै आदर्श गाउँपालिका घर भई कीर्तिपुर बस्ने अशोक साउद रहेका छन।
 
 एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराएपछि उनीहरुले जनकपुरका समर्थकमाथि अभद्र व्यवहार गरेका थिए । पक्राउ परेका साउदद्धयले अपमानजनक शब्द प्रयोग गरेको, साम्प्रदायिक सद्भाव विगार्न खोजेको र केही व्यक्तिलाई अभद्र व्यवहार गरेका थिए । घटनामा संलग्न अरू व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया