00:00:00
स्वास्थ्य

मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवार आफ्नै निवासमा मृत फेला

सोमबार पौष ८, २०८१/ Monday 12-23-24

काठमाण्डौ २०८१ पौष ८

  मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आफ्नै निवास काठमाण्डौको जोरपाटीमा सुतिरहेको ठाउँमा दनुवार मृत फेला परेको आफन्तले बताएका छन् ।

उहाँका श्रीमानले बिहान सुनितालाई उठाउन खोज्दा अचेत अवस्थामा फेला पार्नु भएको बताउनुभएको छ । त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

उहाँलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा "टप हिरो" को रूपमा सम्मानसमेत गरेको थियो ।

पछिल्लो समय उहाँ सुनिता फाउण्डेशन स्थापना गरेर यही संस्थामार्फत बेचबिखनविरुद्ध क्रियाशील हुनुहुन्थ्यो । सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया