तिलोत्तमा नगरप्रमुख खाणले गरे आफ्नो सेवा शुबिधाको ७ लाख ३० हजार १४६ विद्यार्थीहरुलाई बितरण
शारदा शाही,
तिलोत्तमा- २०८१ पुष १ गते
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले आफुले पाउने तलब भत्तालाई जम्मा गरेर सामुदायिक बिद्यालयमा अध्ययन गर्ने करिव १५० जना विद्यार्थीहरुलाई बृहत कार्यक्रमका बीच नगर प्रमुख छात्रवृत्ति कार्यक्रम २०८१ प्रदान गर्नु भएको छ।
सोमबार बिहान नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा नगर प्रमुख खाणले तिलोत्तमा नगरपालिका भित्रका उत्कृस्ट विद्यार्थीलाई आफुले पाउने तलब भत्ताको ७ लाख ३० हजार रकम छात्रवृत्ति बितरण गर्नुको साथै सम्मान समेत गर्नुभएको थियो।
नगर प्रमुखमा निर्वाचित भएर आएपछि पहिलो निर्णय दिवा खाजामा १० रुपैया बढाएर २५ रुपैया गराउने निर्णय गराउनुका साथै सरकारले दिएको ५ कक्षा सम्मको दिवा खाजालाई ६ कक्षा सम्म खान दिने निर्णय समेत गरिएको थियो। पहिलेको अनुपातमा सामुदायिक बिद्यालयमा पढ्ने र भर्ना गर्ने दर सकारात्मक रुपमा बढेको छ।
कार्यक्रममा बोल्दै वहाँले बालबालिकामा गरेको लगानीले ल्याउछ सुनौलो बिहानी भन्ने कुरालाई नगरपालिकाले आत्मा साथ गर्दै लगेको र नगर प्रमुखले पाउने सेवा सुबिधाले आर्थिक स्थिती कमजोर भएका विद्यार्थीलाई पठनपाठनमा सहयोग हुने बताउनुभयो। पैसा धेरै भएर छात्रवृत्ति प्रदान गरिएको नभएर बालबालिकाको भबिष्य बनाउनको लागि लगानी गरिएको नगर प्रमुख खाणको भनाइ थियो। जातिय र धर्मको नाममा कुनै पनि बालबालिकाले शिक्षाबाट बंचित् हुन नहुने शिक्षा पाउनु बालबालिकाको अधिकार रहेको नगरप्रमुख खाणको भनाइ थियो ।
सोही कार्यक्रममा बोल्दै नगरपालिक उपप्रमुख जगेस्वर देबी चौधरीले अहिलेका बालबालिकाले राम्रो शिक्षा पाउन सके उनिहरुको भबिष्य मात्र नभएर टोल,गाउ, शहर र देश बिकासमा पनि सहयोग पुग्ने भएकोले शिक्षामा लगानी गर्नु पर्ने आजको आवश्यकता भएको बताउनुभयो।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल,शिक्षा शाखा प्रमुख गंगाराम आचार्य लगायतले जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट छात्रवृत्ति वितरण गर्नु अरु जनप्रतिनिधिको लागि अनुशरणयोग्य भएको बताउनुभएको थियो ।
तपाईको प्रतिक्रिया