मिलिजुली सहकारीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न
प्रकाश पाण्डे । मँसीर २९ गते । मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा ८, सूर्यपुरा रुपन्देहीको २३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष हिरालाल खनालले पेश गर्नुभएको आर्थिक वर्ष २०८० । ०८१ को वार्षिक प्रगति प्रतिवेदन सर्बसम्मतिले पारित भएको छ भने लेखा सँयोजक तेजप्रसाद भट्टराईले पेश गर्नुभएको लेखा प्रतिबेदन पनि पारित भएको छ ।
साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद पौडेलले पछिल्लो समय बसाई सरि आएका सहकारीहरुमा रकम अपचलनको समस्या देखिए पनि मिलिजुली बहुउद्देश्यीय सहकारीमा भने कुनै समस्या नरहेको आफुले पाएको बताउनुभयो । वहाँले कृषकहरुका लागी मलखादको ब्यवस्थापन, उन्नत बीउबीजन बिक्री एवं उत्पादनमुलक क्षेत्रमा ऋण प्रवाह गरेर सँस्थाले नमुना काम गरिरहेको बताउनुभयो ।
सस्थाका उपाध्यक्ष्य बिष्णु प्रसाद पाण्डेले सहकारीले कृषिलाई आधुनिकतासँग जोडेर उत्पादनमुलक काम गरिरहेको बताउनुभयो । उहाँले र्सस्थालाई उत्पादनमुखी बनाउन हरसम्भब प्रयास भैरहेको पनि जानकारी दिनुभयो । सो अवसरमा पूर्व अध्यक्ष, उपाध्यक्ष्य, सल्लाहकार, संचालक समिति सदस्यहरु, लेखा समिति, ऋण लगानी उपसमिति, शिक्षा उपसमिति, महिला उत्प्रेरणा उपसमिति तथा खेलकुद एवं अतिरिक्त क्रियाकलाप उपसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा तिलोत्तमा वडा न ७ हरैया निवासी जेष्ठ सदस्य पिताम्बर पँगेनी, जेष्ठ महिला सदस्य तिलोत्तमा वडा न ८ सुर्यपुरा निवासी ७६ बर्षिया तुल्सादेवी न्यौपाने एवँं असल सदस्यका रुपमा तिलोत्तमा ७ हरैया निवासी सुनिता पँगेनीलाई सम्मान गरिएको थियो । २०८१ को कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने ३ जना शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको कार्यक्रम सँस्थाका उपाध्यक्ष्य बिष्णु प्रसाद पाण्डेको स्वागत र लेखा सँयोजक तेजप्रसाद भट्टराईको संचालनमा सम्पन्न भएको संस्थाका ब्यवस्थापक डिल्लीराज शर्मा (विष्णु) ले जानकारी दिनुभएको छ ।
तपाईको प्रतिक्रिया