फिजियोथेरापी संघ लुम्बिनीको अध्यक्षमा प्रकाश चापागाई सर्वसम्मत
प्रकाश पाण्डे । मंसीर १८ गते । नेपाल फिजियोथेरापी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा प्रकाश चापागाई सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुटवलस्थित होटल एशियनमा भएको फिजियोथेरापी संघको प्रदेश भेलाले प्रकाश चापागाईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा द्रोण ज्ञवाली, सचिवमा डा आशिक ढकाल तथा कोषाध्यक्षमा सोम प्रसाद रिजाल चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा करीम खान, कमला चौधरी, जिएस पन्थि, किरण कुवँर, निकेश भण्डारी, बिहानी श्रेष्ठ र सुरेन चौधरीलाई जिम्मेवारी तोकिएको छ ।
नवनियुक्त अध्यक्ष चापागाईले पछिल्लो समय फिजियोथेरापी सेवा उपचारको भरपर्दो माध्याम बन्दै गएको बताउदै फिजियोथेरापी उपचार पद्धति आफैमा उत्कृष्ट भएको प्रतिक्रिया दिनुभयो ।
वहाँले केही वर्ष अघिसम्म फिजियोथेरापी उपचारलाई फरक दृष्टिकोणबाट हेर्ने गरिएको भए पनि हाल आएर बढदो जनचेतनाका कारण फिजियोथेरापी सेवा लिनेहरुको संख्या पनि बढदै गएको जनाउनुभयो । अविनाश लम्साल निर्वाचन समिति संयोजक रहेको ३ सदस्सिय टोलीका सदस्यमा अधिवक्ता सुरक्षा लम्साल तथा प्रेम तिवारी पिटी सदस्य रहनुभएको थियो ।
तपाईको प्रतिक्रिया