साना किसानका शेयर सदस्यले क्रिमसन अस्पतालमा छुट पाउने
तिलोत्तमा । मँसीर १२ गते । रुपन्देहीको तिलोत्तमा ५, मणिग्राममा रहेको क्रिमसन अस्पताल तथा तिलोत्तमा १ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड शंकरनगर बिच स्वास्थ्य सम्झौता भएकोे छ ।
मंगलबार क्रिमसन अस्पतालमा आयोजित बिशेष कार्यक्रमका बीच अस्पताल प्रशासन र साना किसान कृषि सहकारी बिच स–सर्त सर्वसुलभ स्वास्थ्य सेवाबारे लिखित सम्झौता सम्पन्न भएको अस्पतालका जनस्वास्थ्य अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिनुभयो ।
सम्झौतासंगै अब साना किसान कृषि सहकारीमा आबद्ध शेयर सदस्यले अस्पतालले दिने सेवा शुल्कमा १० प्रतिशत छुट पाउने बस्यालले बताउनुभयो । उपचारमा छुटका लागि सेवाग्राहीले कार्ड बनाउनु पर्नेछ ।
सहकारीमा आबद्ध अति बिपन्न बर्गलाई सिफारिश गरिए बेड र ल्याबमा समेत निशुल्क सेवा प्रदान गर्न सकिने अस्पतालका अस्पतालका प्रमुख प्रशाशकिय अधिकृत मनमोहन भट्टराईले जानकारी दिनुभयो ।
सम्झौताका अवसरमा अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, निर्देशक डा शेखर पोख्रेल, साना किसान कृषि सहकारी शँकरनगरको तर्फबाट अध्यक्ष लक्ष्मी पौडेल शर्मा पन्थि तथा साक्षीको रुपमा मुख्य प्रवन्धक देवी गिरि लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया