00:00:00
स्थानिय

एमाले तिलोत्तमा नगर कमिटीको दोस्रो अधिवेशन कार्तिक १० गते हुने

सोमबार कार्तिक ५, २०८१/ Monday 10-21-24

तिलोत्तमा ५ कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी एमाले तिलोत्तमा नगर कमिटीको ३१ औ पूर्ण बैठक शङ्करनगरमा सम्पन्न भएको छ । आइतबार शंकरनगर पार्टी कार्यालयमा बसेको बैठकले तिलोत्तमा दोस्रो नगर अधिवेशन यही कार्तिक १० गते शनिबार गर्ने निर्णय गरेको हो । एमाले तिलोत्तमाका अनुसार कार्तिक १० गते शनिबार बिहान साढे १० बजेदेखि तिलोत्तमा नगरपालिका ड्राईभरटोल स्थित होटल टुलिपमा दोस्रो अधिवेशन गर्ने निर्णय गरेको हो ।

 नगर अधिवेशनका लागि यही कार्तिक ७ गते बुधबार दिउँसो ११ बजे १७ ओटै वडामा एकैसमयमा प्रतिनिधि छनौट गरिने एमाले तिलोत्तमाका अध्यक्ष तामनाथ पाण्डेले बताउनुभयो । एमाले केन्द्रिय सचिव छविलाल विश्वकर्माको प्रमुख आतिथ्यमा हुने अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समितिहरु बनाइएको छ । जसअन्तर्गत अधिवेशन आयोजक समितिको संयोजकमा नगर अध्यक्ष तामनाथ पाण्डे रहनुभएको छ । त्यस्तै आर्थिक समितिमा उपाध्यक्ष नेत्र वन ,प्रतिनिधि व्यवस्थापनमा सचिव मिनपसाद पोखे्रल,सञ्चार तथा सांस्कृतिक ब्यवस्थापनमा संगिता गुरुङ मञ्च तथा हल व्यवस्थापनमा तिलोत्तमा नगर परिषद् सदस्य हरिबहादुर क्षत्री,स्वयम सेवकमा नगरकमिटी सदस्य मिलन राना लगायत रहनुभएको छ ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य सदस्य शिवराज सुवेदी,केन्द्रीय सदस्य गोमा आचार्य,केन्द्रीय सल्लाहकारहरु,प्रदेश कमिटी सदस्यहरु,जिल्ल अध्यक्ष तथा पदाधिकारीहरु र जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो।  बैठकबाट राजनीतिक तथा सांगठनिक प्रतिवेदन  निर्माण समिति गठन गरिएको अध्यक्ष पाण्डेले जानकारी गराउनुभयो । 

तपाईको प्रतिक्रिया