00:00:00
स्वास्थ्य

तिलोत्तमामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन शुरु

कार्यक्रम शनिबार पनि जारी रहने
शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24

तिलोत्तमा । कार्तिक २ गते  । तिलोत्तमाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रमको शुकबार एक समारोहका बीच उद्धघाटन गरिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउन निर्देशन गरेअनुरुप तिलोत्तमामा पनि कार्यकमको शुरुवात गरिएको हो ।

\तिलोत्तमा नगरपालिकाको आयोजनामा शुक्रबार तिलोत्तमा वडा न ५ स्थित नलिनी स्वास्थ्य केन्द्रमा एक कार्यक्रमको आयोजना गरि बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाएर कार्यक्रमको उद्धघाटन गरिएको हो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुम्रेले स्वस्थ्य मानसिकता स्वस्थ्य शरीर आजको मुल आवश्यकता भएको औंल्याउदैं बालबालिकालाई स्वस्थ राख्न यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो । 

अध्यक्ष डुम्रेले कोही नछुटुन कोही नदोहोरिउन भन्ने सिद्धान्तलाई आत्मसात गर्दै आयोजना गरिएको औषधी खुवाउने कार्यक्रमको नगर सरकारले तथ्यांक राखेको बताउनुभयो । वहाँले कोही बालबालिका छुटेको भए महिला स्वास्थ्यकर्मीको सहयोगमा घरमै गएर औषधी खुवाउने प्रवन्ध मिलाइएको बताउनुभयो । समारोहमा बोल्दै कार्यक्रमका अध्यक्ष एवं तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले ६ महिनादेखी ५ बर्षमुनिका बालबालिकालाई ढुक्क र निर्धक्क भई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन आग्रह गर्नुभयो ।

बहाँले स्वस्थ नगर समृद्ध तिलोत्तमा बनाउने अभियानलाई साकार पार्न सबैको हातेमालो आवश्यक रहने बताउदै नगरभित्रका १७६ महिला स्वास्थ्य स्वंमसेविकाको निगरानीमा बालबालिकालाई कार्यक्रममा समेटिएको बताउनुभयो । सेतो गुराँस बाल विकाश सेवा केन्द्र रुपन्देहीको सहजिकरण रहेको कार्यक्रममा जनस्वास्थ्य निरिक्षक प्रवेश पौडेल, सि अनमी अधिकृत टिका शर्मा लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो भने कार्यक्रममा तिलोत्तमा वडा न ५ का स्वास्थ्य इन्चार्ज गणेश भण्डारीको स्वागत तथा जनस्पास्थ्य निरिक्षक केशव भट्टराईले सन्चालन गर्नृभएको थियो । 

तपाईको प्रतिक्रिया