ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा ग्रेजुएसन तथा स्वागत कार्यक्रम
तिलोत्तमा । भदौं १९ गते । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल नमस्ते एकडेमी रुपन्देहीले कक्षा १२ उत्तीर्ण विद्यार्थीको ग्रेजुएसन तथा नव आगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीको अध्यक्षता तथा ब्रिटिस कलेज काठमाडौका प्राचार्य प्याटरिक म्याक डुलनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका निर्देशक विष्णुप्रसाद भुसाल, पुष्पा कँडेल, सस्थापक डिबी खत्री, श्यामलाल खरेल, स्कुल हेड अरुण कुमार कँडेल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रमको पहिलो सत्रमा मोफसलमा दोस्रोपटक पनि सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका विद्यार्थीको ग्रेजुएसन कार्य्रक्रम सम्पन्न गरिएको थियो भने दोस्रो सत्रमा कक्षा १२ का विद्यार्थीले ११ कक्षाका विद्यार्थीलाई स्वागत कार्यक्रम गरेका थिए । तिलोत्तमा ५ स्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्याट्रिकले गाउन र प्रमाणपत्र वितरण गरि बिद्यार्थीलाई दिक्षित गरेका थिए । सो अवसरमा विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवर, +२ संयोजक महेश पौडेल लगायतले स्वागत मन्तव्य सहित विद्यार्थीलाई टीका, खादा र स्वागतपत्र सहित अभिनन्दन गरेका थिए ।
४० भन्दा बढी साँङ्गीतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रममा विन्दिया सेन, अन्जुम बेगम लगायतले मन्तब्य तथा विद्यार्थी सुजल बस्याल, कसक पराजुली, अनुज पन्थी, ओसिन अधिकारी, कृष्ण न्यौपाने, रेनुका बस्याल सहितले कार्यक्रम सञ्चालन गरेका थिए । अभिभावक सहित आयोजित कार्यक्रममा अभिभावक अर्जुन कौसलले विद्यालयको अभिभावक बन्न पाएकोमा गौरवको महसुस भएको विचार व्यक्त गर्नुभएको थियो । मोफसलमा एक मात्रै प्रोग्रेसिभ शिक्षण पद्धति सहित स्थापित भएको सो विद्यालयले ग्रेजुएसन र स्वागत कार्यक्रम फरक शैलीमा सम्पन्न गरेको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।
तपाईको प्रतिक्रिया