00:00:00
स्थानिय

रेडियो लुम्विनी तथा तिलोत्तमा टेलिभिजनद्धारा तीज गीत प्रतियोगिता सम्पन्न

प्रतियोगिताको उपाधी मिलन आमा समुह तिलोत्तमा ४ लाई
आइतबार भदौ १६, २०८१/ Sunday 09-01-24

तिलोत्तमा । भदौ १६ गते । रेडियो लुम्विनी तथा तिलोत्तमा टेलिभिजनले आयोजना गरेको तिलोत्तमास्तरीय वडा तीज गीत प्रतियोगिताको उपाधी मिलन आमा समुह तिलोत्तमा ४ डिंगरनगरले जितेको छ । जीतसँगै मिलन आमा समुहले नगद रु २१ ह्जार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैगरि प्रतियोगितामा नवदुर्गा किरण दलित आमा समुह द्धितिय हुदै रु १६ हजार नगद सहित प्रमाणपत्र हात पार्यो भने तृतीय स्थान हासिल गरेको जनहित महिला समुह तिलोत्तमा वडा न ३ ले नगद रु ११ हजारसँगै प्रमाण पत्र हात पार्न सफल भएको छ ।

तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोग तथा समन्वयमा तिलोत्तमा ५ मणिग्रामस्थित एनजी मार्केट परिसरमा तीजगीत प्रतियोगिताको आयोजना गरिएको हो । लैगिंकमैत्री परिवार र समुदाय विषयक तीजगीत प्रतियोगितामा तिलोत्तमा नगरपालिका भित्रका १७ वटै वडाका आमा समुहलाई आमन्त्रण गरिएको थियो ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले परम्परागत रुपमा चलिआएको मौलिकपनलाई जोगाउदै तीज पर्व मनाउन सके पर्वको् महत्व झनै बढेर जाने बताउनुभयो । विकृति र विसँगतिलाई चिर्दै तीज मनाउनुपर्छ । भड्किलो तीज मनाउने परिपाटीको अन्त्य गरौं, चौधरीले भन्नुभयो ।

प्रतियोगिताका अध्यक्ष देवी वाग्लेको अध्यक्षतामा सम्पन्न तीज गीत प्रतियोगितामा तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डृम्रे, एनजी मार्केटका अध्यक्ष नाराण बन्जाडे, लुम्बिनी सुचना तथा संचार सहकारी संस्था लि का अध्यक्ष दुर्गा प्रसाद पाण्डे, कोषाध्यक्ष विष्णु प्रसाद पाण्डे, संचालक समितिका तामनाथ पाण्डे, तिलोत्तमा नगरपालिकाको तर्फबाट संझना भण्डारी, युएसएडका करुणा पुलामी मगर लगायतको सहभागिता रहेको थियो ।

डिल्लीनारायण पाण्डे, माया उपाध्याय, तथा ईन्दिरा अर्यालले निर्णायकको भूमिका निर्वाह गरेको कार्यक्रममा कार्यकारी प्रमुख मिनाक्षी न्यौपानेले स्वागत तथा पत्रकार विन्दु भट्टराईले कार्यक्रमको संन्चालन गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया