00:00:00
स्थानिय

३० औं विश्व आदिवासी दिवस,तिलोत्तमामा विविध कार्यक्रम

शनिबार श्रावण २६, २०८१/ Saturday 08-10-24

तिलोत्तमा,२६ श्रावण । 
बिन्दु भट्टराई
३० औं विश्व आदिवासी दिवसका अवसरमा तिलोत्तमा विविध कार्यक्रम गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद्को आयोजनामा नगर मातहतमा रहेका ६ वटा एकल जातिय संस्थाहरुको समन्वयमा तिलोत्तमाको शंकरपुरमा शुक्रबार कार्यक्रम गरिएको हो   ।

कार्यक्रममा प्रमुख अथिति तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांडले तिलोत्तमा नगरपालिकालाई जातिय र आर्थिक बिकासमा अगाडि लैजानका लागि नगरपालिका सकारात्म ढंगले अगाडि बढेको दावी गर्नुभयो । खाँडले नगरलाई एकअर्काको पहिचानलाई सम्मान गर्दै संस्कारयुक्त नगरको रुपमा विकास गर्ने गरि अगाडि बढेको बताउनुभयो ।  आर्थिक,सामाजिक र नैतिक हिसाबले आदिबासी जनजातिलाई अगाडि बढाउनुपर्नेमा जोड दिदै अध्ययनसंगै आत्मबिश्वासलाई अगाडि बढाउनुपर्ने समेत प्रमुख खांडको सुझाव छ । 

अध्यक्ष गंगा कुमारी छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीका वरिष्ठ उपाध्यक्ष आशा गुरुङले आदिवासि जनजातिका आजसम्मका कार्यक्रमहरु आन्दोलनका रुपमा रहेको भन्दै आन्दोलन कहिलेसम्म भन्दै प्रश्न गर्नुभयो ।

महासंघ तिलोत्तमा नगर समन्वय सचिव धनबहादुर चौधरीको संचालनमा भएको कार्यक्रममा नेपाल आदिबासी जनजाती  युवा महासंघ केन्द्रीय सचिव  राधिका श्रीस पुन मगर , जाप्रतिनिधिहरू तिलोत्तमा  वडा नंं ५ का वडाअध्यक्ष रमेश डुम्रे, नगर कार्यपालिका सदस्य नरबहादुर छन्त्याल, महासंघका सल्लाहकार छत्र दर्लामी मगर,प्रेमबहादुर थापालगायतले मन्तव्य राख्नुभएको थियो । परिषद्का बरिष्ठ उपाध्यक्ष प्रेम कनौजे मगरले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा विभिन्न नृत्यसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रमअघि मणिग्राम चोकदेखी झांकी सहितको र्याली निकालिएको थियो । र्याली शंकरपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

तपाईको प्रतिक्रिया